नुवाकोटको बट्टारमा ‘होटल दियालो’ संचालनमा

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा सुविधा सम्पन्न होटल दियालो संचालनमा आएको छ ।

शनिवार विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले होटल दियालोको उद्घाटन गरेका हुन् । होटलको उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले नुवाकोटमा ऐतिहासिक, धार्मिक, पर्यटनको संभावना रहेकोले स्थानिय सरकार र होटल व्यवसायी मिलेर पर्यटन प्रर्वद्धन गर्नुपर्ने बताए ।
उनले नुवाकोट त्रिदेशीय राजमार्ग भएकोले पर्यटकहरुलाई आकर्षित गर्नसके पर्यटन प्रर्वद्धनका माध्यमबाट नुवाकोटको आर्थिक विकासमा होटल व्यवसायले उल्लेख्य टेवा पुर्याउने बताए ।

यस्तै कार्यक्रममा बाग्मति प्रदेश होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष सन्तोष उप्रेतीले कोरोनाको कारण जिल्लामा रहेका अधिकांश होटलहरु विस्थापित भएको भन्दै होटल व्यवसायीलाई सरकारले राहात लिनुपर्ने बताए । उनले स्थानिय सरकारको सहकार्यमा जिल्लामा रहेका होटल व्यवसायीहरुले पर्यटन क्षेत्रको प्रर्वद्धन गर्नुपर्ने बताए ।

कार्यक्रममा होटल व्यवसायी संघका केन्द्रिय सदस्य तथा जिल्ला होटल व्यवसायी संघका अध्यक्ष मधुसुदन थपलियाले नुवाकोटमा रहेका धार्मिक सम्पदाहरुको प्रर्वद्धन हुन नसक्दा जिल्लामा आन्तरिक र बाह्य रुपमा पर्यटक आउन नसकेको बताए । उनले स्थानिय सरकार र होटल व्यवसायी मिलेर काम गरेमा सबैले होटल तथा पर्यटनको क्षेत्रबाट मनग्य आयआर्जन गर्न सकिने बताए ।

सेमिनार हल सहितको संचालनमा आएको होटलमा २५ जना भन्दा बढी पाहुना राख्न सकिने संचालक वासुदेव अधिकारीले बताए । होटलमा पार्कीङसहित बार र रेष्टुरेन्ट समेत रहेको छ । अधिकारीले ७ जनालाई रोजगारी दिएर होटल संचालनमा ल्याएको समेत बताएका छन् ।

होटल उद्घाटन कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया