जेष्ठ नागरिक प्रतिष्ठानलाई टेलिभिजन
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको देविघाट जेष्ठ नागरिक अध्ययन प्रतिष्ठानलाई ग्लोवल आइएमई लघुवित्त रातमाटे शाखाले टेलिभिजन प्रदान गरेको छ ।

शुक्रवार एक कार्यक्रमको आयोजना गरि प्रतिष्ठानका अध्यक्ष विष्णु नेपाललाई ग्लोवल आइएमई लघुवित्त संस्थाका अनुगमन अधिकृत शशीकान्त न्यौपानेले ४३ ईन्चको स्र्माट टेलिभिजन हस्तान्तरण गरेका हुन् ।
प्रतिष्ठानमा रहेका बृद्ध–बृद्धाहरुलाई समय बिताउन, मनोरन्जन र धार्मिक कार्यक्रम हेर्नका लागि सहज होस भन्ने हेतुले टेलिभिजन प्रदान गरिएको ग्लोवल आइएमई लघुवित्त रातमाटे शाखाका शाखा प्रमुख पुरुषोत्तम पन्तले जानकारी दिए । उनले संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत प्रतिष्ठानलाई टेलिभिजन प्रदान गरेको जानकारी दिए ।
२०७३ सालमा स्थापना भएको ग्लोवल आइएमई लघुवित्त रातमाटे शाखाले बैशाखसम्ममा एक हजार ४ सय ७९ जनालाई बचत सेवा दिनुको साथै ७ सय ८ जनालाई कर्जा प्रवाह गरिरहेको छ । यस्तै रातमाटे शाखाले हालसम्म २ करोड ६६ लाख ४९ हजार ७ सय ८१ रुपैयाँ संकलन गरि ९ करोड ३४ लाख ८ हजार १ सय २१ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

टेलिभिजन वितरण कार्यक्रममा ग्लोवल आइएमई लघुवित्त त्रिशुली शाखाका प्रमुख सुमन रिमाल लगायतको उपस्थिति रहेको थियो ।
ग्लोवल आइएमई लघुवित्त शाखाले देशभर १ सय १९ शाखा कार्यालय मार्फत गरिव तथा विपन्न समुदायलाई लघुवित्त मार्फत सेवा प्रदान गर्दे आइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
प्रदेशलाई संघ सरकारबाट अड्चनै अड्चन
नुवाकोट, रसुवा धादिङका बस अब बसपार्कबाट मात्रै छुट्ने
नुवाकोटको बुद्धभुमी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने अवधि थपियाे
एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट





प्रतिक्रिया