एमालेले दियो विदुरका जनप्रतिनिधिलाई प्रशिक्षण

विदुर खबर २०७९ जेठ १६ गते १८:०१

नुवाकोट । नेकपा एमालेले विदुर नगरपालिकामा निर्वाचित भएका आफ्ना जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिएको छ ।

Advertisement

नेकपा एमाले विदुर नगरकमिटिद्धारा आयोजित प्रशिक्षण कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित १३ वट्टै वडाका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा बाग्मति प्रदेशका पुर्व मुख्यमन्त्रि तथा एमाले नेता डोरमणाी पौडेल, नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनाली, नेताहरु केशव पाण्डे लगायतले प्रशिक्षण दिएका थिए ।

Advertisement

प्रशिक्षणको क्रममा जनप्रतिनिधिहरुलाई पार्टीको सांगठानिक स्थिति र पार्टीको योजना र भावी रणनितिबारे जानकारी दिइएको थियो ।

प्रशिक्षण कार्यक्रममा एमालेका नेताहरु बुद्धि प्रधान, विदुर नगरपालिकाका निर्वतमान मेयर सञ्जु पण्डित, निर्वतमान उपमेयर गिता दाहाल, अनुजकुमार श्रेष्ठ लगायको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया