नुवाकोटका नागरिक फोहोरले मरेका छन : बालेन
नुवाकोट । काठमाडौँ महागनरपालिकाको प्रमुखमा विजयी भएर सोमबार सपथ ग्रहण पश्चात पदबहाली गरेका बालेन्द्र साह बालेनले नुवाकोटको सिसडोलवासीले स्वच्छ हावा लिन पाउने अवस्था नभएसम्म शोक मनाउने र त्यसका लागि काम गर्ने बताएका छन ।

पदभार ग्रहणपछि पत्रकारसँग भएको सवाल जवाफमा प्रमुख साहले अहिले समय तोक्न नसकिए पनि फोहोर व्यवस्थापनको काम प्रमुख प्राथमिकतामा रहेको बताए ।
महानगरको प्रमुखमा विजयी भएकै दिन नुवाकोटको ओखरपौवा पुगेर फर्किएका साहले आफू शोकमा रहेको बताउँदै भने, ‘मैले अस्ति पनि भनेको छु खादा, माला र अविर समेत लगाउदिन सर्वप्रथम फोहोर व्यवस्थापनको कामन गर्छु ।
नुवाकोटमा हाम्रो फोहरका कारण मान्छेहरू मरिरहेका छन, कतिपयलाइ क्यान्सर भएको छ, कतिपयलाइ छालाको रोग लागेको छ । त्यहाँका नागरिकले स्वच्छ हावा लिने वातावरण नबन्दासम्म म अन्तरवार्ता गर्ने र प्रचार गर्ने काममा लाग्दिन ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया