सेयर बजारमा सबै सूचक घटे, नेप्से २२ सय अंकमुनि

नुवाकोट । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट भाषण घोषणा गरेको भोलिपल्ट सोमबार सेयर बजार ५० अंकले घटेको छ ।

सो अंकको गिरावटपछि नेप्से २१७८ अंकमा कायम भएको छ । १ अर्ब ३३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बजेटबाट सेयर बिक्रीमा लाग्ने पुँजीगत लाभकर घट्ने केहीको अनुमान थियो । तर सो विषयलाई बजेटमा सम्बोधन गरिएन । सेयर बजारका सम्बन्धमा पुरानै कार्यक्रम दोहोरिए, जसले गर्दा आजको बजार गिरावटलाई थप असर परेको जानकार बताउँछन् ।
साेमबार ५ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने २ को स्थिर रह्यो । सबै उपसमूहका सूचक घटेका छन् । बैंकिङ ३१, विकास बैंक ९७, फाइनान्स ३९, होटल तथा पर्यटन ३८, जलविद्युत ६७, जीवन बीमा ३०६, उत्पादन १२७, माइक्रोफाइनान्स ७१, निर्जीवन बीमा २४८, अन्य ४६ र ब्यापार उपसमूह ६२ अंकले घटे । बलेफी हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । उपकार लघुवित्तको मूल्य ८ प्रतिशत बढ्यो ।
नेपाल इन्भेष्टमेन्ट बैंकको मूल्य १० प्रतिशत नै घटेको छ । सो बैंकको मूल्य प्रतिकित्ता ३६७.७० मा झर्दा पनि बिक्रीतर्फ चाप परेकाले केही दिन मूल्य घट्ने संकेत देखिएको छ । ज्योति लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम, अरुणभ्याली, हिमालयन डिस्टिलरी, एनआइसी एसिया बैंक र नबिल बैंक क्रमश: अगाडि रहे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया