देविघाटमा बस र टिप्पर ठोकिँदा चार जना घाइते

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा बस र टिप्पर ठोकिँदा चार जना घाइते भएका छन ।

रसुवाको नौकुण्ठ गाउँपालिकाको पार्चेङबाट काठमाडौँतर्फ जाँदै गरेको बा ४ ख २२५९ नम्बरको बसले बा ४ ख ७७७२ नम्बरको टिप्परलाई पछाडिबाट ठक्कर दिएको हो ।
केरुङ यातायात प्रालिको वसले अनियन्त्रित भई टिप्परलाई ठक्कर दिँदोे बसमा सवार चारजना घाइते भएको प्रहरी चौकी देविघाटले जनाएको छ ।
घाइते हुनेहरुमा रसुवाको नौकुण्ड गाउपालिका वडा नं ८ का ३५ वर्षीय धनबहादुर गुरुङ, नौकुण्ठकै वर्ष २७ का दावा मिजार, वर्ष ९ का बुद्ध घले र नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर ५ का १९ वर्षीय सागर कुमाल रहेको प्रहरीले जनाएको छ । ।
घाइतेहरुमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेहरुको त्रिशुली अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ । बस चालक ककनी गाउँपालिका वडा नं ६ का शुक्रबहादुर तामाङ र टिप्पर चालक धादिङको गल्छी गाउँपालिका वडा नं ८ का सानुकान्छा लुङ्गेली मगर प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया