भरतपुर महानगरपालिकाको मेयरमा पुन: दाहाल निर्वाचित

विदुर खबर २०७९ जेठ १० गते ७:४५

नुवाकोट । भरतपुर महानगरपालिका पाँच दलिय गठबन्धनको तर्फबाट साझा उम्मेद्वार रेनु दाहाल महानगरपालिकाको नगर प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् ।

Advertisement

उनी भरतपुर महानगरपालिकाको निवर्तमान मेयर हुन् । उनी ०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेकपा एमालेका देवि ज्ञवालीलाई पराजित गर्दै प्रमुखमा निर्वाचित भएकी थिइन् । वि।स। २०३३ साल असार २६ गते चितवनको भरतपुर महानगरपालिका वडा नं १४ शिवनगरमा जन्मिएकी रेनु दाहाल पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालकी माइली छोरी हुन् ।

उनको श्रीमान अर्जुन पाठक हुन । उनीहरुबाट एक छेरी प्रतिभा पाठक, छोरा र एक छोरा प्रबल पाठक छन् । दाहालले भरतपुर महानगरपालिकाको ५ वर्ष प्रमुख को रुपमा नेतृत्व गरी सकेकी छिन् । विसं २०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्ध सुरु हुँदा उनी १८ वर्षको मात्र हुनुहुन्थ्यो । उहाँले १० कक्षा पढ्दापढ्दै भूमिगत राजनीति थाल्नुभएको थियो । उनी ०५३ पछि माओवादीमा पूर्णकालीन बनेकी थियो । उहाँ पार्टीमा ज्वाला नामले पनि परिचित हुनुहुन्छ ।

Advertisement

जनयुद्धका लामो समयसम्म उहाँले भारतमा काम गर्नुभयो । उहाँ अखिल–भारत नेपाली महिलाको अध्यक्ष हुँदै ०५६ मा माओवादी जिल्ला समितिको सदस्य रहिन । नेपाल फर्किएपछि रोल्पाको सहइन्चार्ज र केही समयपछि उहाँ काठमाडौंको सहसचिव भईन । उहाँले नेपालमा भन्दा पनि भारतमा धेरै ठाउँ र समयमा काम गरिन । खुला राजनीतिमा आएपछि उनी पहिलो संविधानको निर्वाचनपछि सविधानसभा सदस्य भईन् । उनी अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा विभिन्न जनवर्गिय संगठनमा रहेर सकृय राजनीतिमा छिन ।

उनी अखिल नेपाल महिला संघ क्रान्तिकारी महासचिव भएर भूमिकामा थिईन । नेपाली, हिन्दी र अंग्रेजी भाषामा दख्खल राख्ने नवनिर्वाचित मेयर दाहाल राजनीतिक तथा थुप्रै सामाजिक संघसंस्थामा आवद्ध छन् । देशको विकट ग्रामिण क्षेत्रमा संगठनात्मक काममा सक्रिय हुन रुचाउने दाहाल कम बोल्ने र बोलेको कुरा पूरा गर्ने नेतृको रुपमा परिचित छन्। जो संग उनको भेट हुन्छ उनको साधारण शैली र क्षमतासंग प्रभावित हुन्छ नै। उनले भारत, चीन, बेलायत, थाइल्याण्ड, श्रीलंका, इन्डोनेसिया लगायतका देशहरूको भ्रमण गरेकी छन्। उत्पीडित जाति, क्षेत्र र लिंगलाई अधिकार सम्पन्न बनाउन कुरामा नै सविधानमा सुनिश्चित गराउने उनको मुख्य एजेण्डा छ । परिवारका सबै सदस्य जनयुद्धमा लागेका कारण दाहालले एसएससीसम्म अध्ययन पुरा गरेकी छन् ।

Advertisement

उच्च शिक्षाका लागि मन हुँदा हुँदै पनि राजनैतिक उतार चढावले पुरा हुन सकेन । गएको पाँच वर्ष भरतपुरको भौतिक र सामाजिक विकासमा महत्त्वपूर्ण काम गरेकी दाहाल २०७९ को स्थानीय निर्वाचनमा एमालेकै विजय सुवेदीलाई भारी मतान्तरले पराजित गरी दोस्रो पटक महानगरको बागडो सम्हाल्न कुर्सीमा पुग्न सफल भएकी छन्।

प्रतिक्रिया