नेपालमा देखापर्‍यो ‘अफ्रिकन स्वाइन फिभर’

विदुर खबर २०७९ जेठ ९ गते ७:०६

नुवाकोट ।  नेपालमा पहिलो पटक ‘अफ्रिकन स्वाइन फिभर’ नामक भाइरस देखा परेको छ ।

Advertisement

कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरी, टोखा, दक्षिणकाली, ललितपुरको गोदावरी नगरपालिका-१२ र भक्तपुरको चाँगुनारायण क्षेत्रमा फैलिएको संक्रमण कारण हालसम्म १ हजार १९ वटा सुँगुरको मृत्यु भइसकेका छन् ।

१ हजार ४ सय २६ वटा शंकास्पद र १ हजार ३ सय ६४ वटा बिरामी फेला परेका छन् । बर्ड फ्लुजस्तै प्रकृतिको यो घरपालुवा सुँगुर, बंगुर तथा जंगली बंदेल प्रजातिमा देखा पर्ने भाइरस हो । यो रोग पशुबाट मानिसमा भने सर्दैन ।

Advertisement

यो रोगबाट संक्रमण भएमा सुँगुर प्रजातिमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखानेजस्ता लक्षण देखा पर्छ । बान्ता गर्ने, छेर्ने, छट्पटाउने र बथानमा एकै पटक ठूलो संख्यामा मर्ने पशु सेवा विभागले जनाएको छ । विभागका अनुसार यो उच्च मृत्युदर भएको अति खतरनाक महारमारीजन्य सरुवा रोग हो । यो रोगका कारण मृत्यु भएका पशुको मासु नखान विभागले अनुरोध गरेको छ ।

पशु सेवा विभागका महानिर्देशक डा. राम नन्दन तिवारीले यो रोगविरुद्ध हालसम्म कुनै खोप उपलब्ध नभएकाले प्रभावकारी उपचार नहुने हुँदा सर्तकता नअपनाइएमा ठूला आर्थिक क्षति गराउने सक्ने बताए । ‘कुनै स्थानमा अस्वाभाविक रूपमा बंगुर मरेमा वा लक्षण देखा परेमा तत्काल संघ, प्रदेश र स्थानीय तहमा रहेका पशु सेवासँग सम्बन्धित निकायमा खबर गर्न अनुरोध गर्दछु,’ उनले भने, ‘यो रोगका कारण क्षति भएका कृषकलाई राहत दिने व्यवस्था छैन ।’

Advertisement

उनका अनुसार रोगी बंगुर वा त्यसका पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा सजिलै सर्ने हुँदा रोग छिटो फैलन सक्छ ।

प्रतिक्रिया