तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

विदुर खबर २०७९ जेठ ७ गते ९:४२
सांकेतिक तश्वीर ।

नुवाकोट । सूर्यगढी गाउँपालिका–२ का १६ वर्षीय विशाल लामाको तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

Advertisement

सानीआमाको घर आएका बेला विदुर नगरपालिका–५ स्थित तादी खोलाको नागेघाटमा पौडी खेल्न गएको र पानीबाट निस्कन नसकेपछि अभिभावकलाई बोलाएर बाहिर झिक्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमका लागि त्रिशूली लगिएको छ ।

Advertisement

प्रतिक्रिया