विदुरको उपमेयरमा प्रभाको अग्रता
विदुर खबर
२०७९ जेठ ४ गते ८:४२

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको उपमेयरमा गठबन्धन दलका साझा उम्मेद्धवार प्रभा बोगटीले अग्रता लिएकी छिन् ।

विहान साढे ८ बजेसम्ममा १६ हजार ४ सय ९० मत गणना हुँदा बोगटीले ६ हजार ६ सय ८२ मत प्राप्त गरेकी छिन् भने एमालेको तर्फबाट उपमेयरको उम्मेद्धवार रहेकी अम्बिका नेपालले ६ हजार १२ मत प्राप्त गरेकी छिन् ।
बोगटी र नेपालविचको मतान्तर ६ सय ७० पुगेको छ । शुरुवातमा प्रारम्भीक अग्रता बनाएकी नेपाल अहिले पछि पर्दै गइरहेकी छिन् ।
यस्तै उपमेयरमा राप्रपाका कुलवहादुर खड्कीले पनि सम्मानजनक मत प्राप्त गरेका छन् । उनले हालसम्म ९ सय ५६ मत प्राप्त गरेका छन् ।
अहिले विदुरको वडा नम्बर ५, ७, ८ को मतगणना भइरहेको छ भने वडा नम्बर १, २, ३, ४, ६ को मतगणना सम्पन्न भइसकेको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया