विदुरको उपमेयरमा प्रभाको अग्रता
विदुर खबर
२०७९ जेठ ४ गते ८:४२
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको उपमेयरमा गठबन्धन दलका साझा उम्मेद्धवार प्रभा बोगटीले अग्रता लिएकी छिन् ।

विहान साढे ८ बजेसम्ममा १६ हजार ४ सय ९० मत गणना हुँदा बोगटीले ६ हजार ६ सय ८२ मत प्राप्त गरेकी छिन् भने एमालेको तर्फबाट उपमेयरको उम्मेद्धवार रहेकी अम्बिका नेपालले ६ हजार १२ मत प्राप्त गरेकी छिन् ।
बोगटी र नेपालविचको मतान्तर ६ सय ७० पुगेको छ । शुरुवातमा प्रारम्भीक अग्रता बनाएकी नेपाल अहिले पछि पर्दै गइरहेकी छिन् ।
यस्तै उपमेयरमा राप्रपाका कुलवहादुर खड्कीले पनि सम्मानजनक मत प्राप्त गरेका छन् । उनले हालसम्म ९ सय ५६ मत प्राप्त गरेका छन् ।
अहिले विदुरको वडा नम्बर ५, ७, ८ को मतगणना भइरहेको छ भने वडा नम्बर १, २, ३, ४, ६ को मतगणना सम्पन्न भइसकेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया