म्यागङ १ को वडाध्यक्षमा कांग्रेसका जिमावहादुर विजयी

विदुर खबर २०७९ वैशाख ३१ गते ७:२१

नुवाकोट । नुवाकोको म्यागङ गाउाँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका जिमावहादुर तामाङ विजयी भएका छन् ।

Advertisement

आज विहान भएको मतगणना अनुसार आफ्ना निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका अनिल कुमार घलेलाई १५ मतले पराजित गरि तामाङ विजयी भएका हुन् ।

विजयी भएका तामाङले ९४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी घलेले ७९ मत प्राप्त गरेको म्यागङ गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत सुर्यदर्शन पण्डितले विदुर खबलाई जानकारी दिए ।

Advertisement

यस्तै वडा नम्बर १ बाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसले लिड गरेको छ । कांग्रेसका आशा तामाङले ९३ मत प्राप्त गर्दा एमालेका उम्मेद्धवारले ३७ र माओवादी केन्द्रका उम्मेद्धवारले २९ मत प्राप्त गरेको निर्वाचन अधिकृत पण्डितले जानकारी दिए ।

अहिले वडा नम्बर २ को मतगणना जारी रहेको छ ।

Advertisement

प्रतिक्रिया