नुवाकोटको स्थानिय तहमा कसले बाजी मार्ला ?
नुवाकोट । आगामी शुक्रवार हुने स्थानिय तहको निर्वाचनमा नुवाकोटमा कुन राजनितिक दलले बाजी मार्ला भन्ने चौतर्फी चासो बढेको छ ।

यसको जवाफ आउन अब धेर्रै दिन कुर्नपर्ने छैन । २०७४ सालको निर्वाचनको परिणाम आधारमा नुवाकोटमा चर्चा परिचर्चा हुन थालेको छ ।
०७४ सालको स्थानिय तहको निर्वाचनमा नेकपा एमाले पहिलो शक्तिको रुपमा उदाउँदा कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो शक्तिको रुपमा देखिएको थियो । अहिलेको निर्वाचनमा एमालेलाई साइजमा ल्याउन नेपाली कांग्रेसm माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन गरेका छन् ।
नुवाकोटको १२ ओटा स्थानिय तहमध्ये एमालेले जितेको तीन स्थानिय तहमा कांग्रेस, माओवादी र समाजवादीले गठबन्धन गर्ने निर्णय गरेका छन् । विदुर नगरपालिका, तारकेश्वर गाउँपालिका र बेलकोटगढी नगरपालिकामा प्रमुख र उपप्रमुखको लागि मात्र गठबन्धन गरिएको छ ।
जिल्लाभर गठबन्धन नभएको कारण त्यसको फाइदा एमाललेलाई हुन सक्ने छ । तर नेपाली कांग्रेस जिल्लामा एकढिक्का भएकोले एमालेको चुनौतीलाई सहजै सामना गर्न सक्ने देखिन्छ ।
एमाले फुटेर बनेको एकिकृत समाजवादीले एमालेको केही भोट काट्ने भएकोले समेत यसको फाईदा कांग्रेसले लिन सक्ने देखिन्छ ।
१२ स्थानिय तह र ८८ वटा वडा रहेको नुवाकोटमा २०७४ सालको निर्वाचनमा कांग्रेसको तर्फबाट ७ जना प्रमुख, ७ जना उपप्रमुख ३७ जना वडाध्यक्ष, महिला सदस्य ३१ जना, अन्य वडा सदस्य ७० जना र दलित वा अल्पसंख्यक ११ गरि १ सय ९७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।
यस्तै नेकपा एमालेको तर्फबाट प्रमुखमा ३ जना, उपप्रमुखमा ३ जना उपप्रमुखमा ३५ जना वडाध्यक्ष गरि २ सय ११ जना जनप्रतिनिधि निर्वाचत भएका थिए ।
त्यस्तै माओवादी केन्द्रको तर्फबाट दुई प्रमुख र दुई उपप्रमुखसहित ८४ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । त्यस्तै राप्रपाबाट एक वडाध्यक्ष सहित ५ जना जनप्रतिनिधि निर्वाचित हुँदा एकजना स्वतन्त्र उम्मेद्धवार निर्वाचित भएका थिए ।
नुवाकोटमा ६ रााष्ट्रिय मान्यता प्राप्त दलहरुसहित २८ राजनितिक दलहरुले निर्वाचनमा सहभागि जनाउने जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।
विशेष गरि विदुर नगरपालिकाको बागडोर कसले समाल्ने भन्ने चर्या यतिवेला हुने गरेको छ । विदुरमा गठबन्धन दल र एमालेका उम्मेद्धवारहरुवीच नै प्रतिष्पर्धा चल्ने देखिन्छ । विदुरमा अन्य साना दल र स्वतनत्र उम्मेद्धवारी परेपनि उनीहरुको अवस्था कमजोर देखिएको छ ।
गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीले संयुत्त रुपमा उम्मेद्धवारी दिएकोले आफुनो उम्मेद्धवार विजयी हुने लाबी गरेका छन् । तर एमालेले गठबनधनका दलहरुमा वेमेल सिर्जना भएको भन्दै आफुहरुले पुन विदुर कब्जा गर्ने बताएका छन् ।
विदुरमा गठबनधनको तर्फबाट मेयरमा कांग्रेसका राजन श्रेष्ठ र उप–मेयरमा माओवादी केन्द्रकी नेतृ प्रभा बोगटीले उम्मेद्धवारी दिएकी छिन् ।
यस्तै एमालेको तर्फबाट मेयरमा विदुर नगरपालिकाका निर्वतनमान मेयर सञ्जु पण्डित र उप–मेयरमा अम्बिका नेपालले उम्मेद्धवारी दिएकी छिन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया