नुवाकोटको स्थानिय तहमा कसले बाजी मार्ला ?

विदुर खबर २०७९ वैशाख २८ गते ९:२५

नुवाकोट । आगामी शुक्रवार हुने स्थानिय तहको निर्वाचनमा नुवाकोटमा कुन राजनितिक दलले बाजी मार्ला भन्ने चौतर्फी चासो बढेको छ ।

Advertisement

यसको जवाफ आउन अब धेर्रै दिन कुर्नपर्ने छैन । २०७४ सालको निर्वाचनको परिणाम आधारमा नुवाकोटमा चर्चा परिचर्चा हुन थालेको छ ।

०७४ सालको स्थानिय तहको निर्वाचनमा नेकपा एमाले पहिलो शक्तिको रुपमा उदाउँदा कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो शक्तिको रुपमा देखिएको थियो । अहिलेको निर्वाचनमा एमालेलाई साइजमा ल्याउन नेपाली कांग्रेसm माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन गरेका छन् ।

Advertisement

नुवाकोटको १२ ओटा स्थानिय तहमध्ये एमालेले जितेको तीन स्थानिय तहमा कांग्रेस, माओवादी र समाजवादीले गठबन्धन गर्ने निर्णय गरेका छन् । विदुर नगरपालिका, तारकेश्वर गाउँपालिका र बेलकोटगढी नगरपालिकामा प्रमुख र उपप्रमुखको लागि मात्र गठबन्धन गरिएको छ ।

जिल्लाभर गठबन्धन नभएको कारण त्यसको फाइदा एमाललेलाई हुन सक्ने छ । तर नेपाली कांग्रेस जिल्लामा एकढिक्का भएकोले एमालेको चुनौतीलाई सहजै सामना गर्न सक्ने देखिन्छ ।

Advertisement

एमाले फुटेर बनेको एकिकृत समाजवादीले एमालेको केही भोट काट्ने भएकोले समेत यसको फाईदा कांग्रेसले लिन सक्ने देखिन्छ ।

१२ स्थानिय तह र ८८ वटा वडा रहेको नुवाकोटमा २०७४ सालको निर्वाचनमा कांग्रेसको तर्फबाट ७ जना प्रमुख, ७ जना उपप्रमुख ३७ जना वडाध्यक्ष, महिला सदस्य ३१ जना, अन्य वडा सदस्य ७० जना र दलित वा अल्पसंख्यक ११ गरि १ सय ९७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।

यस्तै नेकपा एमालेको तर्फबाट प्रमुखमा ३ जना, उपप्रमुखमा ३ जना उपप्रमुखमा ३५ जना वडाध्यक्ष गरि २ सय ११ जना जनप्रतिनिधि निर्वाचत भएका थिए ।

त्यस्तै माओवादी केन्द्रको तर्फबाट दुई प्रमुख र दुई उपप्रमुखसहित ८४ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । त्यस्तै राप्रपाबाट एक वडाध्यक्ष सहित ५ जना जनप्रतिनिधि निर्वाचित हुँदा एकजना स्वतन्त्र उम्मेद्धवार निर्वाचित भएका थिए ।

नुवाकोटमा ६ रााष्ट्रिय मान्यता प्राप्त दलहरुसहित २८ राजनितिक दलहरुले निर्वाचनमा सहभागि जनाउने जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

विशेष गरि विदुर नगरपालिकाको बागडोर कसले समाल्ने भन्ने चर्या यतिवेला हुने गरेको छ । विदुरमा गठबन्धन दल र एमालेका उम्मेद्धवारहरुवीच नै प्रतिष्पर्धा चल्ने देखिन्छ । विदुरमा अन्य साना दल र स्वतनत्र उम्मेद्धवारी परेपनि उनीहरुको अवस्था कमजोर देखिएको छ ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीले संयुत्त रुपमा उम्मेद्धवारी दिएकोले आफुनो उम्मेद्धवार विजयी हुने लाबी गरेका छन् । तर एमालेले गठबनधनका दलहरुमा वेमेल सिर्जना भएको भन्दै आफुहरुले पुन विदुर कब्जा गर्ने बताएका छन् ।

विदुरमा गठबनधनको तर्फबाट मेयरमा कांग्रेसका राजन श्रेष्ठ र उप–मेयरमा माओवादी केन्द्रकी नेतृ प्रभा बोगटीले उम्मेद्धवारी दिएकी छिन् ।

यस्तै एमालेको तर्फबाट मेयरमा विदुर नगरपालिकाका निर्वतनमान मेयर सञ्जु पण्डित र उप–मेयरमा अम्बिका नेपालले उम्मेद्धवारी दिएकी छिन् ।

प्रतिक्रिया