विदुरमा हामी वलियो छौ : गठबन्धन दल
नुवाकोट । स्थानिय निर्वाचनमा नुवाकोटमा ठुला राजनितिक दलहरुबिच को ठुलो हुने भन्ने तिव्र प्रतिष्पर्धा रहेको छ ।

देशको झण्डै एक तिहाइ स्थानिय तहमा सत्तन दलहरुबीच चुनावी गठबन्धन भएको छ । नुवाकोटमा पनि पुर्णरुपमा कुनै स्थानिय तहमा चुनावी गठबनधन नभए पनि नेकपा एमालेले जितेको तिन स्थानिय तहमा गठबन्धन भएको छ ।
गठबन्धन दलसहित निर्वाचनमा होमिएका नेपाली कांग्रेस। नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीले विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा गठबन्धन गर्ने निर्णय गरेका छन् ।

गठबन्धनका यि दलहरुहरुलाई तीन स्थानिय तह प्रतिष्ठाको विषय बनेको छ । विशेष गरि गठबन्धनका दल र नेकपा एमालेले विदुरलाई बढी महत्व दिएर प्रचारप्रसार गरेको देखिन्छ । जिल्लाको सदरमुकाम भएको कारण दलहरुले विदुरलाई महत्व दिएका हुन् ।
विदुरमा एमालेले विगतमा सधै जितेको कारण विदुर नगरपालिका गठबन्धनको नजर विदुरमा बढी परेको छ । विगतमा तिनपटक विदुर जितेको एमालेलाई विरासत कायम गर्ने चुनौती देखिएको छ ।
तर विदुरमा गठबन्धनका दलहरुले आफ वलियो रहेको दाबी गरेका छन् । २०७४ सालको स्थानिय तहको मतगणना अनुसार गठबनधन दलहरु वलियो रहेका छन् ।

विदुरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका राजन श्रेष्ठ मेयर र माओवादीकी नेतृ प्रभा बोगटी उप–मेयरमा चुनावी मैदानमा होमिएका छन् । यस्तै एमालेको तर्फबाट मेयरमा सञ्जु पण्डित र उपमेयरमा अम्बिका पौडेले प्रतिष्पर्धामा उत्रिएका छन् ।
नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति रमेशकुमार महतले गठबनधन भएको स्थानमा गठबनधन दलहरु वलियो रहेको र अन्य स्थानमा कांग्रेस वलियो रहेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया