नुवाकोटमा महत र केसी मात्र होइन धेरै वहादुरहरु छन् : केसी

विदुर खबर २०७९ वैशाख २६ गते २१:४७

नुवाकोट । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि अर्जुननरसिंह केसीले नुवाकोटमा धेरै वहादुरहरु रहेको बताएका छन् ।

Advertisement

सोमवार नुवाकोटको बट्टारमा गठबन्धनका दलहरुले आयोजना गरेको आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

एक महिना अघि एमालेका नेता केपी शर्मा ओलीले नुवाकोटमा दाई ंिसंह आउन की भाइसिंह आउन्, दाई महत आउन् की भाइ महत आउन् भन्दै नुवाकोट एमालेको किल्ला हुने बताएको प्रसंग कोट्याउँदै उनले नुवाकोटमा महत र सिंहमात्र नभएर धेरै बहादुरहरु रहेको बताएका हुन् ।

Advertisement

केसीले नुवाकोटमा कांग्रेसहरु एकजुट रहेकोले कसैले जित्ने परिकल्पना समेत नगर्न आग्रह गरे । उनले गठबन्धन दलको तर्फबाट विदुरको मेयरमा राजन श्रेष्ठ र उपमेयरकी उम्मेद्धवार प्रभा बोगटी युवाहरुको ढुकढुकी रहेकोले उनीहरुलाई सबैले मतदान गरेर विजय गराउनुपर्ने बताए ।

उनले पार्टीमा रहेका फरक विचारहरुलाई निर्वाचनपछि छलफल गर्न सकिने भन्दै अबको एक मात्र विकल्प भनेको विदुर नगरपालिकामा गठबन्धनका उम्मेद्धवारहरुलाई विजयी गराउनु रहेको बताए ।

Advertisement

फरक प्रसंगमा केसीले विदुर नगरपालिका भ्रष्ट्राचार गर्ने अखडा बनेको भन्दै गठबन्धनका उम्मेद्धवारहरु आएपछि नगरपालिका समृद्धिको बाटोमा अघि बढ्ने बताए ।

प्रतिक्रिया