५ वर्षमा गरेको काम नै मेरो जितको आधार : रिमाल
नुवाकोट । नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्य समितिका सदस्य तथा गठबन्धन दलको तर्फबाट वडाध्यक्षका साझा उम्मेदवार बद्री रिमालले विदुर ३ को वडाध्यक्षमा आफ्नो प्रतिष्पर्धा कसैसँग नभएको बताएका छन् ।

विदुर खबरसँग कुराकानी गर्दै रिमालले ५ वर्षसम्म वडाध्यक्षको रुपमा वडामा गरेको कामको जनताले मुल्याङ्कन गर्ने भन्दै वडाध्यक्षमा आफ्नो कोही प्रतिष्पर्धी नरहेको बताएका हुन् । उनले वडामा ५ वर्षसम्म गरेका कामहरुको निरन्तरता लागि पुन ः वडाध्यक्षको उम्मेद्धवार रहेको समेत जिकिर गरे ।
उनले विदुर ३ को वडाध्यक्षको रुपमा विगत ५ वर्षमा गरेका कामहरु नै आफ्नो विजयको आधार रहेको बताए । रिमालले आफ्नो सबै भत्ता असहाय र गरिबीको कारण शिक्षामा समस्या भएका तथा आर्थिक कारणले उपचारमा समस्या भएकाहरुको हितमा प्रयोग गरेका थिए ।

उनले राज्यले प्रदान गरेको अधिकारी र कर्तव्यको दायरामा रहेर वडाभित्र बिकास निर्माणलाई उच्च प्राथमिकतामा राखि बिपक्षी पार्टिको नगरदेखि केन्द्रसम्म सरकार रहेपनि प्रदेश र केन्द्र सरकारबाट बिदुर नगरपालिका वडाहरु मध्येमा धेरै बजेट ल्याउन सफल भएको बताए ।
रिमालले वडामा ब्यबस्थित खानेपानि,शिक्षा,स्वास्थ्य,मोटरबाटो,गोरेटोबाटो,सिचाई लगाएतको कार्यहरु उल्लेखनीय रुपमा अगाडी बढाएको बताए । उनले कोरोनाको समयमा वडाभित्रका स्थानियलाई जुनसुकै समयमा आफ्नो सवारीसाधनमा र आफैले आर्थिक रुपमा ब्यहोर्ने गरेर ईमर्जेन्सी परेका असहाय बिरामीको उपचारको लागि सहयोग गरेका थिए ।
स्थानियको चाहना अनुसार केही ब्यक्तिगत आर्थिक सहयोगमा मठ–मन्दिर लगाएतको धार्मिक र सांस्कृतिक सम्पदाको समंक्षण गराउने पहल उनले गरे । वडाको कृषि उपजलाई कृषि सहकारि मार्फत बजारिकरण तथा ब्यबस्थापनको लागि उनले पहल गरेका थिए ।
वडामा चाहादाचाहादै अझै धेरै काम गर्न नसकिएको भन्दै रिमालले आगामी ५ वर्षमा वडामा उद्योगधन्दा स्थापना गरि स्थानियलाई रोजगारी दिने लक्ष्य रहेको बताए । उनले स्थानियको माग र आवश्यकताको पहिचान गरि वडामा विकास निर्माणको काम गर्ने लक्ष्य रहेको बताए ।आगामी ५ वर्षमा वडाको विकासका लागि नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारसँग थप समन्वय गरि विकास मार्फत वडाको मुहार फेर्न लागिपर्ने उनले बताए । उनले आफुले जनप्रतिनिधि हुँदा गर्न बाँकी रहेका अधुरा योजनाहरु सम्पन्न गर्न पनि आफ्नो नेतृत्वको टिमलाई जिताउन आवश्यक रहेको बताए ।
राजनीतिलाई पेशा बनाउनेहरुबाट समाजलाई मुक्त राख्न गठबन्धन दलका उम्मेद्धवारहरुलाई विजयी गराउनुपर्ने तर्क रिमालले गरेका छन् ।२०७४ सालमा सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा पुरै नगरपालिकामा कांग्रेस पराजय हुँदा रिमालले भने विदुर ३ मा नेपाली कांग्रेसको झण्डा फहराएका थिए ।
विदुर ३ मा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीका साझा उम्मेद्धवार रहेका रिमालले २०७४ सालमा सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा एक हजार २५ पत प्राप्त गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण
स्पेनको ‘बुलफाइट’ बिर्साउने नुवाकोटको गोरु जुधाइ
तादीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु
नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन





प्रतिक्रिया