हिमालयन र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर हुने
नुवाकोट ।हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स बीच एक आपसमा मर्जरमा जाने भएका छन् । दुई कम्पनीबीच बिहीबार मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको हो ।

मर्जर सम्बन्धी समझदारी पत्रमा एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष राजिव सापकोटा र हिलमायन जनरलका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन्।
बीमा समितिले पूँजी वृद्धिको योजना ल्याएसँगै पहिलोपटक दुई कम्पनी बीच मर्जरमा जाने सहमति गरेका हुन् । दुई कम्पनी बीच १ः१ सेयर अनुपातमा मर्जरमा जाने जनाइएको छ ।
बीमा समितिले गत महिना बीमा कम्पनीहरुको पूँजी दोब्बरले वृद्धि गराएको थियो । समितिले जीवन बीमाको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमाको २ अर्ब ५० करोड पुर्याएको थियो । सोही अनुसार चुक्ता पूँजी पुर्याउनु पर्ने दबाब भएपछि दुई कम्पनीले मर्जरमा जाने सहमतिमा पुगेका हुन् ।
हाल हिमालयनको चुक्ता पूँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ छ भने एभरेष्टको चुक्ता पूँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ । मर्जरपछि बन्ने कम्पनीको चुक्ता पूँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा
रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ





प्रतिक्रिया