हिमालयन र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर हुने

नुवाकोट ।हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स बीच एक आपसमा मर्जरमा जाने भएका छन् । दुई कम्पनीबीच बिहीबार मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको हो ।

मर्जर सम्बन्धी समझदारी पत्रमा एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष राजिव सापकोटा र हिलमायन जनरलका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन्।
बीमा समितिले पूँजी वृद्धिको योजना ल्याएसँगै पहिलोपटक दुई कम्पनी बीच मर्जरमा जाने सहमति गरेका हुन् । दुई कम्पनी बीच १ः१ सेयर अनुपातमा मर्जरमा जाने जनाइएको छ ।
बीमा समितिले गत महिना बीमा कम्पनीहरुको पूँजी दोब्बरले वृद्धि गराएको थियो । समितिले जीवन बीमाको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमाको २ अर्ब ५० करोड पुर्याएको थियो । सोही अनुसार चुक्ता पूँजी पुर्याउनु पर्ने दबाब भएपछि दुई कम्पनीले मर्जरमा जाने सहमतिमा पुगेका हुन् ।
हाल हिमालयनको चुक्ता पूँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ छ भने एभरेष्टको चुक्ता पूँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ । मर्जरपछि बन्ने कम्पनीको चुक्ता पूँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया