जेष्ठ नागरिकलाई सम्मान सहित फलफुल वितरण

विदुर खबर २०७९ वैशाख १८ गते २१:५६

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा रहेको देविघाट जेष्ट नागरिक प्रतिष्ठानमा रहेका बृद्धबृद्धाहरुलाई सम्मानसहित फलफुल र लत्ताकपडा वितरण गरिएको छ ।

Advertisement

काठमाण्डौको कालिमाटीमा तरकारी व्यवसाय संचालन गरिरहेका ९३ जनाभन्दा बढी युवाहरुको टोलीले आश्रममा रहेका बृद्धवृद्धाहरुलाई शनिवार आश्रममै पुगेर सहयोग गरेका हुन् ।

बृद्धबृद्धाहरु समाजको ऐतिहासिक धरोहर भएकोले उनीहरुलाई सम्मानसहित फलफुल वितरण गरेको कालीमाटीका तरकारी व्यवसायी राजु कडेलले जानकारी दिए ।

Advertisement

उनले आफ्नो नेतृत्वमा विगत दुईवर्षदेखि बृद्धाआश्रमलाई तरकारी र फलफुल वितरण गरेको जानकारी दिए ।
यस्तै देविघाट जेष्ठ नागरिक प्रतिष्ठानका अध्यक्ष विष्णु नेपालले सबै सहयोगी हातले प्रतिष्ठानमा रहेका वृद्धबृद्धाको दैनिक संचालनमा सहजता मिलेको बताए ।

उनले प्रतिष्ठानमा कर्मचारी अभावका कारण सोचेजस्तो अझै काम गर्न नसकिएको जानकारी दिए ।
देविघाट जेष्ठ नागरिक अध्यययन प्रतिष्ठानमा अहिले विभिन्न जिल्लाका ३४ जना बृद्धबृद्धाहरुले आश्रय लिइरहेका छन् ।

Advertisement

प्रतिक्रिया