बट्टारको हावाघरमा गठबन्धन दलले आमसभा गर्ने

विदुर खबर २०७९ वैशाख १८ गते १४:१४

नुवाकोट । नुवाकोटमा रहेका गठबन्धनका दलहरुले बट्टारको हावाघरमा आमसभा गर्ने भएका छन् ।

Advertisement

आमसभालाई नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादी केन्द्रका शिर्षस्थ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
आईतवार बसेको नेपाली कांग्रेस विदुर नगर कार्य समितिको बसेको बैठकले आगामी वैशाख २६ गते बट्टारमा नगरस्तरीय हावाघरमा आमसभा गर्ने निर्णय गरेको नेपाली कांग्रेस विदुर नगरकार्य समितिका सचिव अच्युतराज गिरीले बताए । यस विषयमा गठबन्धनका दलहरुसँग छलफल भइरहेको उनले जानकारी दिए ।

आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनकोे लागि कांग्रेसहित गठबन्धनका दलहरुले घरले घरदैलो अभियान जारी राख्ने निर्णय गरेको गिरीले जाानकारी दिए ।

Advertisement

जस अनुसार वैशाख १९ गते सोमबार वडा नम्बर ४ र ६ मा, वडा नम्बर १२ मा २० गते, वडा नम्बर ३ मा २१ गते, वडा नम्बर ८ मा २२ गते २३ गते वडा नम्बर १३ र २४ गते वडा नम्बर ५ मा घरदैलो कार्यक्रम गर्ने निर्णय भएको छ ।

यस्तै २५ गते वडा नम्बर १० र ११ मा घरदैलो गर्ने र २६ गते आमसभा गरि पहिलो चरण्मा घरदैलो कार्यक्रम गर्ने निर्णय भएको नेपाली कांग्रेस विदुर नगरसमितिका प्रवत्ता किरण अधिकारीले जानकारी दिए ।

Advertisement

यसैबिच कांग्रेस विदुर नगरसमितिको बैठकले नगर सभापति हरिलाल श्रेष्ठको संयोजकतत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।
समितिको सदस्यहरमा भिमसेन अर्याल, सुमन अधिकारी, अच्युतराज गिरी, सुजन गजुरेल, रविन्द्र रिजाल र ववी रिमाल तथा नगर कार्यसमितिका सबै पदाधिकारी सदस्य रहेका छन् ।

यस्तै आमसभालाई सफल बनाउन भिमसेन अर्यालको नेतृत्वमा आयोजक समिति समेत बनाइएको छ ।

प्रतिक्रिया