विदुर ३ को वडाध्यक्षमा बद्री रिमाल वलियो

नुवाकोट । स्थानिय निर्वाचनको मिति नजिकिएसँगै नुवाकोटमा चुनावी रौनक छाएको छ ।

निर्वाचन आउँन मात्र १४ दिन बाँकी रहँदा विदुर नगरपालिका वडा नम्बर ३ धेरै चर्चाको विषय बनेको छ । वडामा गठबन्धनको तर्फबाट उम्मेद्धवार बनेका बद्री रिमालको कारण यो वडा चर्चाको शिखरमा छ ।
नेपाली कांग्रेस नुवाकोटको जिल्ला सदस्य समेत रहेका रिमालको नेतृत्वमा गठबन्धनमा रहेका दलहरुले उम्मेद्धवारी दिएका छन् । वडाध्यक्षमा रिमालले उम्मेद्धवारी दिएसँगै विदुर ३ मा पुन रिमाल नै वलियो रहेको जानकारहरु बताउँछन् ।
रिमालललाई सदस्यको रुपमा गायत्री सापकोटा, चन्चला नेपाली, खुल्ला सदस्यको रुपमा राकेश राई र नारायण प्रसाद रिमालले साथ दिएका छन् ।
२०७४ सालको स्थानिय निर्वाचनमा नगरका अधिकांश स्थानमा कांग्रेसका उम्मेद्धवार पराजित हुँदा रिमालले भने एमालेका उम्मेद्धवारलाई पराजित गरि सानदार जित हात पारेका थिए ।
यसपटक पनि रिमाल सोही जित दोहोराउँदै वडामा आफ्नो विरासत कायम गर्ने लक्ष्य लिएर हिँडेका छन् । उनले वडामा आफ्नो कुनैपनि व्यक्तिसँग प्रतिष्पर्धा नहुने बताएका छन् ।
२०७४ सालमा सम्पन्न भएको स्थानिय निर्वाचनमा रिमालले एकहजार २५ मत प्राप्त गरेर विजयी भएका थिए ।
वडा नम्बर ३ मा एमालेको तर्फबाट वडाध्यक्षमा प्रदिप घिमिरेले उम्मेद्धवारी दिएका छन् ।
प्रतिक्रिया