विदुर ६ मा गठबन्धन दलको साझा उम्मेद्धवारमा रामकाजी दिक्षित
विदुर खबर
२०७९ वैशाख १५ गते ७:४७
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ६ मा गठबन्धन दलको साझा उम्मेद्धवारको रुपमा रामकाजी दिक्षित रहेका छन् ।

नेकपा एकिकृत समाजवादीको तर्फबाट वडाध्यक्षको उम्मेद्धवार रहेका दिक्षितलाई गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतको साथ रहेको छ ।
एमालेबाट करिव एकसयभन्दा बढी कार्यकर्ता एकिकृत समाजवादी प्रवेश गरेपछि दिक्षित विदुर ६ मा वलियो प्रत्यासीको रुपमा देखिएका छन् ।
जिल्लामा रहेका गठबन्धनका साझा उम्मेद्धवार रहेकाम दिक्षितले एमालेको तर्फबाट वडाध्यक्षको प्रत्यासी रहेका श्यामकृष्ण चालिसेलाई गतिलो चुनौती दिने देखिएको छ ।

यस्तै विदुर ६ मा गठबन्धनको तर्फबाट दिक्षितसँगै महिला सदस्यमा गोपिनी क्षेत्री, दलित महिला सदस्यमा सुस्मिता विक, खुल्ला सदस्यमा गुणदास कुमाल र हरिवहादुर तामाङ चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु





प्रतिक्रिया