राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नुवाकोट आउँदै

विदुर खबर २०७९ वैशाख १५ गते ७:१५

नुवाकोट । रााष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन भोलि नुवाकोट आउने भएका छन् ।

Advertisement

राप्रपा लिखु गाउँपालिका कमिटिद्धारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न उनी नुवाकोट आउन लागेको राप्रपा नुवाकोटले जानकारी दिएको छ ।

उनीसँगै पार्टी पुर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी लगायतका नेताहरु पनि नुवाकोट आउने छन् ।

Advertisement

नुवाकोटको लिखु गाउँपालिका राप्रपाको गढ मानिँदै आएको छ । राप्रपाले आयोजना गरेको आमसभालाई निकै चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया