विप्लव नेतृत्वको नेकपा पनि चुनावी मैदानमा

विदुर खबर २०७९ वैशाख १२ गते २०:३२

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि चुनावी मैदानमा उत्रिएको छ । चुनावी प्रतिस्पर्धाका लागि विप्लवका केही कार्यकर्ताले कालीकोटको सानी त्रिवेणी गाउँपालिकामा उम्मेदवारी दर्ता गराएका हुन् ।

Advertisement

उनीहरूले स्वतन्त्रतर्फबाट उम्मेदवारी दर्ता गराएको बताएका छन् । सानीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेकपाबाट व्यासी लुहार आइटमले उम्मेदवारी दर्ता गराएका छन् भने उनकै टिमबाट उपाध्यक्षमा बबिता लुहारले पनि उम्मेदवारी दिएकी हुन् ।

यसैबीच, लुहारविरुद्ध रुपसिंह बोहराले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । तर, अध्यक्षमा उम्मेदवारी दिएका लुहारले भने आफूले फार्टीको तर्फबाट उम्मेदवारी दिएको बताएका छन् । ‘मैले पार्टीको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएको छु ।, उनले भने – ‘म नै पार्टीको आधिकारिक उम्मेदवार हो ।’

Advertisement

नेत्रविक्रम चन्द विप्लवका विश्वास पात्र भनिएका एवं सोही पार्टीका केन्द्रीय सदस्य उदयबहादुर चलाउनेका अनुसार तीनै तहको निर्वाचनमा आफ्नो पार्टीले भाग नलिने बताए थिए ।

तर, नेता कार्यकर्ता पार्टीको नामबाट नभै स्वतन्त्र उम्मेदवारी दिनसक्ने बताउँछन् । कालीकोटको हकमा पार्टी निर्देशनविपरीत उनीहरु चुनावी मैदानमा उत्रिएको चलाउनेले आरोप लगाए ।

Advertisement

प्रतिक्रिया