नुवाकोटमा गठबन्धन तुहिने संकेत, दलहरु आन्तरिक छलफलमा व्यस्त
नुवाकोट । आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेका नुवाकोटका राजनितिक दलहरुको सहमति नहुँदै तुहिएको छ ।

गाउँपालिका प्रमुख र उपप्रमुख तथा वडाध्यक्षहरुको पद बाँडफाँडमा सहमति नदेखिएपछि नुवाकोटमा गठबन्धन हुने संभावना क्षीण बन्दै गएको हो ।
नुवाकोटमा रहेको १२ ओटा स्थानिय तहमध्ये ७ ओटा पालिकामा जितेको कांग्रेसले माओवादी केन्द्र, एकिकृत माओवादी केन्द्र र जसपालले आफ्नो हैसियतभन्दा बढी माग भाग मागेकोले दिन नसकिने बताउँदै आएको छ ।
यस्तै माओवादीले आफुले जितेको दुईपालिकासहित अन्य दुई स्थानको नेतृत्व पाउने दाबी गर्दै आएको छ भने समाजवादीले तत्कालीन एमालेले जितेको तीन पालिकामध्ये घटिमा एक पालिकाको नेतृत्व आफुले पाउनुपर्ने बताउँदै आएको छ ।
जिल्लामा रहेका गठबन्धनका चार राजनितिक दल चारतिर फर्केपछि सहमतिको बिन्दु टाढिँदै गएको वार्तामा सहभागी दलका नेताहरुले नै बताउँदै आएको छ ।
विशेष गरि समाजवादी र जसपाले ठुलो भाग मागेलेको सहमति हुन नसकेको बताइन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया