नुवाकोटको पन्चकन्यामा गठबन्धन नहुने

विदुर खबर २०७९ वैशाख ९ गते १५:११

नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिकामा सत्तारुढ चार दलबीच गठबन्धन नहुने भएको छ ।

Advertisement

आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेका चार राजनितिक दलहरुबीच पन्चकन्या गाउँपालिकामा गठबन्धन नगरि मित्रवत रुपमा प्रतिष्पर्धा गर्ने निर्णय भएको नेपाली कांग्रेसका जिल्ला सदस्य तथा पन्चकन्या गाउँपालिकाका नेता कृष्ण मिश्रले जानकारी दिए ।

उनले गठबन्धनका दलहरुबिच छलफल गरेर नै स्थानिय निर्वाचनमा मित्रवत प्रतिष्पर्धाबाट चुनाव लड्ने सहमति भएको विदुर खबरलाई जानकारी दिए ।

Advertisement

पन्चकन्या गाउँपालिकामा नेपाली कांग्रेसका हेविवेट नेताहरु रहेका कारण नेपाली काग्रेसले सो पालिकाको नेतृत्व आफुले पाउने दाबी गर्दे आएको छ ।

२०७४ सालको स्थानिय निर्वाचनमा पन्चकन्या गाउँपालिकामा नेकपा माओवादी केन्द्रका तर्फबाट तेजबहादुर तामाङ रमेश विजयी भएका थिए ।

Advertisement

गाउँपालिकामा आफुले जितेकोले अध्यक्ष आफुले पाउनुपर्ने माओवादी केन्द्रले दाबी गर्दे आएको छ ।

कांग्रेसका हेवीवेट नेताहरु डा. प्रकाशशरण महत, डा. रामशरण महत र नेपाली कांग्रेस नुवाकोटका जिल्ला सचिव बैकुण्ठ मिश्र लगायतको स्थानिय नेताहरुले पन्चकन्या गाउँपालिकामा रहेकोले समेत कांग्रेसले पन्चकन्या गाउँपालिका छाड्न नचाहेको हो ।

प्रतिक्रिया