नुवाकोटमा गठबनधनको विषयमा कुनै निर्णय भएको छैन : रमेश महत
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति रमेश कुमार महतले नुवाकोटमा गठबन्धनको विषयमा कुनै निर्णय नभएको बताएका छन् ।

बिहिवार विहान नेपाली कांग्रेसका कार्यकर्ताहरुसँग पार्टी कार्यालय विदुरमा छलफल गर्दे उनले नुवाकोटमा गठबन्धनको विषयमा कुनै निर्णय नभएको बताएका हुन् ।
पार्टी कार्यालयमा विदुर ५ का वडा कमिटिका कार्यकर्ताहरुसँग कुरा गर्दै उनले आवश्यकता र औचित्यता हेरेर मात्र जिल्लामा गठबन्धन हुने बताए ।
उनले साना दलले धेरै सिट माग्नु स्वभाविक रहेको भन्दै मागेकोजति सबै दिन नसक्ने बताए ।

नुवाकोटमा गठबन्धन दलको वार्ता समितिको संयोजक समेत रहेका महतले दिन र लिन सक्ने कुरा भए गठबन्धन गर्ने र त्यो अवस्था नभएको अवस्थामा मित्रवत रुपमा स्वस्च्छ रुवमा चुनाव लड्ने बताए ।
महतका अनुसार नुवाकोटमा गठबन्धन भए सत्तारुढ चार दलसँग मात्र हुने नत्र हार्दिकतापुर्वक स्वच्छ रुपमा प्रतिष्पर्धा हुने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया