नुवाकोटमा गठबनधनको विषयमा कुनै निर्णय भएको छैन : रमेश महत

विदुर खबर २०७९ वैशाख ८ गते १०:२४

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति रमेश कुमार महतले नुवाकोटमा गठबन्धनको विषयमा कुनै निर्णय नभएको बताएका छन् ।

Advertisement

बिहिवार विहान नेपाली कांग्रेसका कार्यकर्ताहरुसँग पार्टी कार्यालय विदुरमा छलफल गर्दे उनले नुवाकोटमा गठबन्धनको विषयमा कुनै निर्णय नभएको बताएका हुन् ।

पार्टी कार्यालयमा विदुर ५ का वडा कमिटिका कार्यकर्ताहरुसँग कुरा गर्दै उनले आवश्यकता र औचित्यता हेरेर मात्र जिल्लामा गठबन्धन हुने बताए ।

Advertisement

उनले साना दलले धेरै सिट माग्नु स्वभाविक रहेको भन्दै मागेकोजति सबै दिन नसक्ने बताए ।

नुवाकोटमा गठबन्धन दलको वार्ता समितिको संयोजक समेत रहेका महतले दिन र लिन सक्ने कुरा भए गठबन्धन गर्ने र त्यो अवस्था नभएको अवस्थामा मित्रवत रुपमा स्वस्च्छ रुवमा चुनाव लड्ने बताए ।

Advertisement

महतका अनुसार नुवाकोटमा गठबन्धन भए सत्तारुढ चार दलसँग मात्र हुने नत्र हार्दिकतापुर्वक स्वच्छ रुपमा प्रतिष्पर्धा हुने बताए ।

प्रतिक्रिया