नुवाकोटमा गठबन्धनका दलहरुबिच विवाद

विदुर खबर २०७९ वैशाख ८ गते १०:०७

नुवाकोट । आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा गठबन्धन गर्ने सहमति गरेका नुवाकोटका चार राजनितिक दलहरुबीच विवाद भएको छ ।

Advertisement

स्थानिय तहमा सिट बाँडफाडको विषयलाई लिएर गठबन्धनका दलहरुबीच विवाद भएको हो । विशेष गरि विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाको उप– मेयरमा एकीकृत समाजवादीले दाबी गरेपछि सहमती हुन नसकेको नेपाली कांग्रेस नुवाकोटका एक नेताले जानकारी दिए ।

वाहिर आए जसरी गठबन्धनको विषयमा कुनै सहमति नभएको नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति रमेश कुमार महतले जानकारी दिए । सभापति महतका अनुसार केन्द्रको निर्देशन अनुसार स्थानिय तहमा आवश्यकता र परिस्थति हेरेर गठबन्धन हुने बताए । उनले वडाको गठबन्धन केन्द्रबाट लादेर नहुने भन्दै वडामा हुने गठबन्धन वडाले नै निर्णय गर्न पाउने बताए ।

Advertisement

गठबन्धनको विषयमा सत्तारुढ चार दलले बुधवार लगातार १२ घण्टाभन्दा बढी छलफल गरेपनि सहमति हुन नसकेपछि गठबन्धनको विषयमा अन्यौलता सिर्जना भएको छ ।

एकिकृत समाजवादीका एक नेताका अनुसार छलफलको क्रममा आफुहरुले एमालेले जितेको स्थानमा दबाी गर्दा समेत दिने अवस्था नआएपछि गठबन्धनमा समस्या देखिएको बताए । उनका अनुसार कांग्रेसले गठबन्धन दलको भावना र मर्मअनुसारको कुरा गरिरहेकोले नुवाकोटमा गठबन्धनको संभावना निकै कम रहेको बताए ।

Advertisement

समाजवादीले विशेष गरि विदुर नगरपालिकाको उपमेयरलाई आफ्नो बटमलाईन बनाएको छ भने माओवादीले आफ्नो मतभार बढी रहेकोले उपमेयर आफुले पाउनुपर्ने बताएको छ ।

यसैबिच नेपाली कांग्रेस विदुर नगर कमिटिले घुमाउरो भाषमा विदुर नगरपालिकामा गठबन्धन आवश्यक नरहेको बताएको छ ।

केहीवेर अघि पार्टी कार्यालय विदुरमा वसेको कार्यसम्पादन समितिको बैठकले विदुर नगरपालिकामा पार्टीको सगठन चुस्त र मजबुद रहेको भन्दै नगरपालिकाभित्र कुनैपनि पार्टीसँग गठबन्धन गर्न नपर्ने निर्णय गरेको हो ।

नगर सचिव अच्युराज गिरीका अनुसार गठबन्धन दलको आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्ने निर्णय भएको बताए । उनले नगरपालिकामा कांग्रेसले जितेको ६ ओटा वडा र अन्य ७ वडामा कांग्रेस दोस्रो भएको अवस्थामा कांग्रेसले नै वडाध्यक्ष पाउने निर्णय कार्यसम्पादन समितिले गरेको बताए ।

प्रतिक्रिया