धादिङमा माओवादी र एस मिलेपछि कांग्रेस कांग्रेस लचक

विदुर खबर २०७९ वैशाख ७ गते २१:१७

नुवाकोट । स्थानीय तहको चुनावमा तालमेल गर्ने सैद्धान्तिक निर्णय सत्तारुढ दलले गरे पनि धादिङका सहमति भइसकेको छैन् ।

Advertisement

स्थानीय नेताहरुका अनुसार गठबन्धनको पटक–पटक भएको छलफलले भागवण्डा मिलाउन सकेको थिएन् । भागवण्डा नमिलेपछि नेपाली कांग्रेसले नै मित्रवत प्रतिस्पर्धा गरौं भनेको थियो । नेकपा माओवादी केन्द्र धादिङका अध्यक्ष मनराज भण्डारी शैलेशका अनुसार कांग्रेसले मित्रवत प्रतिस्पर्धा गरौं भनेपछि माओवादी र नेकपा एकीकृत समाजवादी छुट्टै छलफलमा जुटे र दुई दलीय गठबन्धन बनाएर जाने निचोडमा पुगे ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र बागमती प्रदेशका आर्थिक मामिला मन्त्री शालिकराम जमरकट्टेल धादिङ गएर छलफलमा जुटेका थिए । एक नेता भन्छन्, ‘कांग्रेसले मित्रवत प्रतिस्पर्धा गरौं भनेपछि बाँकी रहेका दलहरु मिल्नु स्वभाविक थियो । तर, माओवादी र एकीकृत समाजवादी मिलेर जाने तयारीमा जुटेपछि कांग्रेस लचक भएको छ ।’

Advertisement

कांग्रेस भागवण्डामासमेत लचक हुन तयार भएपछि गठबन्धनको बैठक बस्ने तय भएको छ ।

कांग्रेस जिल्ला सभापति रामनाथ अधिकारीले मिल्नै नमिले मित्रवत प्रतिस्पर्धा गरौं भनेको स्वीकार गर्छन् । भन्छन्, ‘एउटा बिन्दुमा मित्रवत प्रतिस्पर्धाको कुरा भएको हो । तर, गठबन्धन भन्दा बाहिर जाने अधिकार हामीलाई छैन् । यसकारण पनि गठबन्धन दलसँग नै व्यवहार गर्नुपर्छ भन्नेमा हामी छौं ।’

Advertisement

गठबन्धनमा रहेका दलहरुका बीचमा आपसमा सहमतिमा गरेर संयुक्त रुपमा अगाडि नबढे राम्रो नहुने पनि उनले बताए । ‘धेरै ठाउँमा मिलेको छ । केही ठाउँमा बाँकी हो छलफल गरेर अब टुंग्याउँछौं’, अधिकारीले भने ।

१३ वटा पालिका हरेको धादिङमा कांग्रेसले ७ पालिका प्रमुखमा दाबी गरेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले ४/४ पालिका प्रमुखमा दाबी गरेका छन् ।

यसमा संख्यात्मक रुपमा लचक भए पनि चार वटा पालिकाको नेतृत्वमा तीन वटै दलहरुको अडान कायम छ ।

रुबीभ्यालीमा कांग्रेस र समाजवादीले नेतृत्व दाबी गरेका छन् । नेत्रावती डवजोङको प्रमुखमा माओवादी र कांग्रसको दाबी छ । गल्छी र गजुरीमा कांग्रेस र समाजवादीको दाबी यथावत छ ।

यी चार वटा पालिकाको नेतृत्वमा छाड्न कांग्रेस तयार नभएपछि नै कांग्रेसले मित्रवत प्रतिस्पर्धाको प्रस्ताव गरेको थियो ।

तर, केन्द्रले गठबन्धनबाहिर तालमेल गर्न नपाइने भनेको र कांग्रेस तयार नहुँदा माओवादी केन्द्र र एकीकृत समाजवादी तालमेलमा पुग्ने भएपछि कांग्रेस छलफलका लागि तयार भएको हो ।

प्रतिक्रिया