तारेकश्वर ३ मा कांग्रेसको तर्फबाट वडाध्यक्षमा ढकालको चर्चा

नुवाकोट । स्थानिय तहको निर्वाचन आउँन करिव तीन साता बाँकी रहदा नुवाकोटमा चुनावी सरगर्मी ह्वातै बढेको छ ।

राजनितिक दलहरु उम्मेद्धवार चयनमा ब्यस्त रहँदा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षका लागि दाबी गर्नेहरुपनि दिनप्रतिदिन बढ्दै गइरहेका छन् ।
यसैक्रममा तारकेश्वर गाउँपालिका वडा नम्बर ३ तारुकाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विद्यार्थी नेता अनिल ढकालले दाबी गरेका छन् ।
२०६५ सालमा नेविसंघबाट राजनिति शुरु गरेका ढकाल २०७३ सालदेखि नेविसंघ बट्टार क्याम्पसको ईकाइ सभापति रहेका छन् । सानैदेखि हक्की स्वभावका ढकाललाई
तारुकाका युवाहरुको साथ रहेको छ । व्यवसायसँगै राजनितिमा होमिएका उनले आफु वडाध्यक्षमा निर्वाचित भएमा सम्रग युवाहरुको हितमा काम गर्ने बताए ।
उनले तारकेश्वर गाउँपालिकामा युवा पलायन धेरै रहेकोले त्यसलाई रोक्न विशेष योजना ल्याउने र युवाहरुलाई गाउँमै रोजगार अवसर प्रदान गर्ने बताउँदै आएका छन् ।
२०७४ सालमा सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा वडा नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित सुर्यमान श्रेष्ठलाई विजयी गराउन ढकालसहितका युवाहरुको योगदान रहेको छ ।
प्रतिक्रिया