धादिङका राजेन्द्र सुन र मोबाइलसहित पक्राउ

नुवाकोट । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४५ ग्राम सुनसहित धादिङका ३४ वर्षीय राजेन्द्र अधिकारी परेका पक्राउ छन् ।

उनीसँगै सिन्धुली तिनपटन गाउँपालिका-३ वतन भएका २२ वर्षीय हेमराज न्यौपाने पनि पक्राउ परेका छन् ।
एयर अरेबियाको विमानबाट दुबई हुँदै काठमाडौं आएका उनीहरुलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट मंगलबार पक्राउ गरेको हो ।
प्रहरीले हेमराजको साथबाट ४५ ग्राम तौल बराबरको १ थान सुनको सिक्री र १ थान आईफोन १३ प्रो म्याक्स त्यस्तै राजेन्द्रको साथबाट पनि ४५ ग्राम तौल बराबरको १ थान सुनको सिक्री र १ थान आईफोन प्रो म्याक्स बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
प्रतिक्रिया