नुवाकोटमा चारदलीय गठबन्धन संकटमा, सहमतिको प्रयास जारी

विदुर खबर २०७९ वैशाख ५ गते १२:१६

नुवाकोट । आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेका नुवाकोटका चार राजनिति दलबिच हुने भनिएको गठबन्धन संकटमा परेको छ ।

Advertisement

लगातार चार राजनितिक दलले छलफल र संवाद जारी राखेपनि सबै दलको साझा धारणा नआएपछि नुवाकोटमा गठबन्धन संकटमा परेको हो ।

गठबन्धनका दलहरुबीच अहिले अहिले एमालेले जितेको पालिकाको नेतृत्व कसले लिने भन्नेमा अड्किएको एक नेताले विदुर खबरलाई जानकारी दिए । बैठकमा सहभागी ति नेताका अनुसार समाजवादीले एमालेले जितेको तिन पालिकामध्ये कम्तिमा एक पालिका आफुलाई दिनुपर्ने माग गरेको छ भने कांग्रेसले त्यसलाई स्वीकार गर्न सकेको छैन ।

Advertisement

त्यस्तै माओवादीले जितेको पन्चकन्या गाउँपालिकामा पनि विवाद देखिएको छ । कांग्रेसले पन्चकन्या आफुहलाई दिनुपर्ने र त्यसको बदलामा सुर्यगढी वा दुप्चेश्वर गाउँपालिका दिन सक्ने प्रस्ताव राखेको छ ।

कांग्रेसका हेवीवेट नेताहरु डा. रामशरण महत, डा. प्रकाशशरण महत, जिल्ला सभापति रमेश महत, पार्टी जिल्ला सचिव बैकुण्ठ मिश्र लगायतको गाउँ भएकोले समेत कांग्रेसले पन्चकन्या गाउँपालिका छोड्न नचाहेको हो ।

Advertisement

यस्तै माओवादी केन्द्रका सांदि हितवहादुर तामाङको गाउँ समेत पन्चकन्या गाउँपालिकामै रहेकोले माओवादीले पनि पन्चकन्या गाउँपालिका छाड्न नचाहेको नेताहरुले बताएका छन् ।

गठबन्धनका दलहरुबीच साझा धारणा नबन्दा जिल्लामा गठबन्धन टुट्ने आशंका समेत बढ्दै गएको छ । एकिकृत समाजवादीका जिल्ला उप–सचिव उद्धव पनेरुलेआत्मसम्मान विना गठवन्धन सम्भव नहुने भन्दै जिल्लामा गठबन्धन भत्कने संकेत गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुकमार्फत आत्मसम्मान विना गठवन्धन संभव नरहेको भन्दै विद्रोह गर्ने विद्रोहिहरु पद र कुर्सिको कहिल्यै प्यारो नहुने बताएका छन् । मुल घरमा विद्रोह गर्नेहरु छिमेकिको कति भर पर्नु भन्दै उनले स्वतन्त्र रुपमा चुनाव लड्न एकिकृत समाजवादी तयार रहेको बताएका छन् ।

प्रतिक्रिया