विदुर नीतिमा कस्ता व्यक्तिलाई बुद्धिमान र पुरुषार्थी भनिएको छ ?

विदुर खबर २०७४ फागुन १० गते ९:३५

विदुर नीति, जो जीवन र जगतलाई बुझ्ने दर्शन हो । विदुर महाभारतका एक विद्वान पात्र हुन् । महाभारतमा उनको विद्वतालाई प्रष्ट्याइएको छ ।

Advertisement

विदुर नीति जीवन-युद्धका नीति होइन, जीवन-प्रेम, जीवन व्यवहारको नीति हो । राज्य व्यवस्था, व्यवहार र दिशा निर्देशक सिद्धान्तको नीतिमा जसरी चाणक्य नीतिको विशेष स्थान छ, त्यसैगरी  सत्य-असत्य, सही-गलतको स्पष्ट निर्देश र विवेचनाका दृष्टिले विदुर नीतिको खास महत्व छ ।

यहाँ विदुर नीतिमा उल्लेख त्यही कुरा पेश गरिएको छ, जसले जीवन र जगतलाई फरक कोणबाट बुझ्न सहयोग गर्छ ।

Advertisement

के बुझ्ने विदुर नीतिबाट ?

यहाँ ‘बुद्धिमान को हुन् ?’ भन्ने सन्दर्भमा विदुर नीतिले उल्लेख गरेको कुरा पेश गरिएको छ । यसले बुद्धिमानी व्यक्तिको लक्षण, गुण, व्यवहार र बोलीलाई स्पष्ट पार्छ । त्यतीमात्र होइन, यसबाट के पनि बुझ्न सकिन्छ भने, गुणवान, पुरुषार्थी र बुद्धिमान हुनका लागि कस्तो गुण हुनुपर्छ भन्ने पनि जान्न सकिन्छ ।

Advertisement

वास्तवमा पण्डित वा बुद्धिमान भनेको मान्छेको चेतनास्तर र उसको प्रवृत्तिले निर्धारण गर्ने कुरा हो । पण्डितको अर्थ ब्राम्हणको कोखमा जन्मिएको भनेर बुझिदैन । बरु, सत्गुण, सत्व्यवहार, सत्विचार, सत्कर्मबाट जो कोहि बुद्धिमान वा पण्डित हुन सक्छन् ।

 बुद्धिमान को हुन् ?

-आफ्नो वास्तविक स्वरुपको ज्ञान भएको । उद्यम गर्ने । दुख सहने शक्ति भएका र धर्ममा स्थिरता । यी गुणले व्यक्तिलाई पुरुषार्थ बनाउँछ ।

-ज्ञानी र बुद्धिमान पुरुष शक्ति अनुसार काम गर्ने इच्छा गर्छ । साथै त्यसलाई कुशलतापूर्वक सम्पन्न गर्छ । कुनैपनि बस्तुलाई तुच्छ सम्झेर त्यसको अवहेलना गर्दैन ।

-जो व्यक्ति कुनेपनि कुरालाई चाडै बुझ्छन् । त्यस कुरालाई धैर्यतापूर्वक सुन्छन् । र, आफ्नो काम बुद्धिमानीपूर्वक सम्पन्न गर्छ ।

-बुद्धिमान तथा ज्ञानी व्यक्ति दुर्लभ बस्तुको कामना गर्दैनन् । न त गुमाएको कुरामा शोक गर्छ । विपत्तिको घडीमा पनि बिचलित हुँदैन ।

-जुन व्यक्ति पहिला नै निश्चित गरेको रुपरेखा बनाएर काम सुरु गर्छ । साथै कामको क्रममा रोकिदैन । समयलाई गुमाउँदैन । मनलाई बसमा राख्छ । उहि बुद्धिमान हुन् ।

-ज्ञानी पुरुष जहिले पनि श्रेष्ठ काममा रुची राख्छन् । उन्नतीका लागि काम गर्छन् ।

-राम्रो काम अपनाएका । नराम्रो कर्मबाट टाढा रहेका । साथसाथै जो श्रद्धालु पनि हुन्छन्, यस्तो सद्गुण बुद्धिमान हुनुको लक्षण हो ।

-क्रोध, हर्ष, गर्व, लज्जा, उदंडता तथा स्वंमलाई पूज्य सम्झने, यस्तो भावबाट जो भड्किएका छैनन्, उही बुद्धिमान हुन् ।

-जुन व्यक्तिको काममा न सर्दी, न गर्मी । न भय, न अनुराग । न सम्पति न दरिद्रता हुन्छ । उही बुद्धिमान हुन् ।

-जुन व्यक्ति निर्णय र धर्मको अनुशरण गर्छ । भोग विलासलाई त्याग गरेर पुरुषार्थ रोज्छ, उही बुद्धिमान हुन् ।

-जुन व्यक्ति आफुलाई आदर-सम्मान हुँदा पनि अहंकार गर्दैन । साथै अपमान हुँदा पनि दुखी तथा विचलित हुँदैन । उहि बुद्धिमान हुन् ।

-जुन व्यक्ति प्रकृतिको सबै पदार्थको वास्तविक ज्ञान राख्छन् । सबै कार्य गर्नका लागि उचित ढंग पुर्‍याउँछ । उहि बुद्धिमान् हुन् ।

-जो निर्भिक भएर कुरा गर्छ । कुनैपनि बिषयमा राम्ररी बोल्न सक्छ । तर्क-विर्तकमा कुशल छ । प्रतिभाशाली छ । र, शास्त्रमा लेखिएको कुरा चाडै बुझ्ने क्षमता राख्छन् । उही बुद्धिमान् हुन् ।

प्रतिक्रिया