नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
विदुर खबर
२०८२ चैत २२ गते १३:५४
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ भुटोल बजारमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लिखु गाउँपालिका वडा नम्बर १ खानीगाउँका ३५ वर्षिय ईन्द्रबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी विक्रम लामाले जानकारी दिए ।
शनिवार राती साढे ११ बजे भैरबी मन्दिरबाट खानिगाँउतर्फ आफ्नै घर फर्किने क्रममा उनको प्र.३ ०२ ००७ प ९७३३ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बाटोबाट करिव ३ मिटर तल बाटोमा खसेको प्रहरीले जनाएको छ ।
र्दुघटनामा परेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा आज विहान २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटकाे तारकेश्वरका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बच्चा सामुदायिक विद्यालयमै पढाउनुपर्ने
देशका धेरै जिल्लामा ‘लु’ को चेतावनी, गर्मी अझै बढ्ने
प्रदेशस्तरीय चुनावी समीक्षा गर्दै राप्रपा
इन्धन खर्च दोब्बर : सरकारको बिदा नीति असफलतिर
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ





प्रतिक्रिया