विदुर ६ को वडाध्यक्षमा माओवादीबाट गुणदासको नाम सर्वसहमत

विदुर खबर २०७९ वैशाख ३ गते २१:२०

नुवाकोट । स्थानिय चुनाव आउँन २७ दिन मात्र बाँकी रहदा नुवाकोटको विभिन्न स्थानिय तहमा माओवादी केन्द्रले उम्मेद्धवारको टुङगो लगाएको छ ।

Advertisement

यसै क्रममा विदुर नगरपालिका वडा नम्बर ६ मा माओवादी केन्द्रले वडाध्यक्षमा गुणदास कुमालको नाम सर्वसहमत रुपमा सिफारिस गरेको छ ।

शनिवार बसेको माओवादी केन्द्र वडा नम्बर ६ को वडा कमिटिको बैठकले उनलाई वडाध्यक्षमा सर्वसहमत रुपमा वडाध्यक्षमा सिफारिस गरेको हो ।

Advertisement

वडाध्यक्षमा सिफारिसमा परेका उनी माओवादी केन्द्र विदुर ६ को वडा कमिटिको समेत सदस्य हुन् । वडाध्यक्षमा सिफारिस भएका कुमालसँग राजनितिसँगै विद्यालय व्यवस्थापन समितिमा बसेर काम गरेको अनुभव समेत रहेको छ ।

उनी च्वाडि पब्लिक माध्यामकि विद्यालयको ब्यवस्थापन समितिको पुर्ब संचालक समिति सदस्य तथा चण्डिमाइ युबा क्लबको अध्यक्ष रहेका छन् ।

Advertisement

यसअघि माओवादी केन्द्रदे विदुर ५ को वडाध्यक्षमा लिलानाथ न्यौपाने र वडा नम्बर ७ को वडाध्यक्षमा विष्णु बोगटीलाई सर्वसहमत रुपमा सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया