नुवाकोट जिल्ला अब एमालेको किल्ला : ओली

विदुर खबर २०७९ वैशाख २ गते १८:२०

नुवाकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको केही दिनमा नुवाकोट जिल्ला एमालेको किल्ला हुने बताएका छन् ।

Advertisement

आज नुवाकोट बट्टारमा नेकपा एमाले नुवाकोटद्धारा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

भेलालाई सम्बोधन गर्दै उनले अब नुवाकोटमा जुनसुकै शरण वा नर्सिङ आएपनि नुवाकोट जिल्ला एमालेको जिल्ला हुने बताएका हुन् । उनले स्थानिय निर्वाचनमा नुवाकोटका सबै पालिकामा एमाले लाल किल्ला गाड्ने दाबी गरे ।

Advertisement

उनले आम कार्यकर्तालाई निर्वाचनमा केन्द्रित हुन समेत निर्देशन दिए ।

फरक प्रसंगमा ओलीले आफ्नो कार्यकालमा देशको विकास निर्माण लगायतका विविध क्षेत्रमा सफलता प्राप्त गरेको बताए ।

Advertisement

प्रतिक्रिया