एमाले अध्यक्ष केपी शर्मा ओली आज नुवाकोट आउँदै
विदुर खबर
२०७९ वैशाख २ गते ७:२७

नुवाकोट । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओली नुवाकोट आउने भएका छन् ।

नेकपा एमाले नुवाकोटद्धारा आयोजित वृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्न ओली नुवाकोट आउन लागेका हुन् ।
उनले विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको हावाघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले विदुर नगर कमिटिका सचिव अनुजकुमार श्रेष्ठले जानकारी दिए ।
पछिल्लो समय स्थानिय निर्वाचनको मिति घोषणा भएसँगै नुवाकोटमा केन्द्रिय नेताहरु धमाधम नुवाकोट आइरहेका छन् ।
यसअघि प्रधानमनत्री शेरवहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वष्रिठ नेता झलनाथ खनाल लगायतका नेताहरु नुवाकोट आइसकेका छन् ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया