नुवाकोट गेर्खुटारका शौरभ तीन दिनदेखि वेपत्ता
विदुर खबर
२०७९ वैशाख १ गते १३:२५

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० का शौरभ प्याकुरेल तीन दिनदेखि बेपत्ता भएका छन् ।

हाल काठमाण्डौको न्युरोड बस्दै आएका उनी मंगलवार दिउँसोदेखि बेपत्ता भएको उनका आफन्तले जनाएका छन् । ललितपुरको सिट्जन कलेजमा अध्ययन गर्ने प्याकुरेल सम्पर्क वाहिर रहेको भन्दै परिवारजनले खोजिदिन प्रहरी कार्यालयमा आग्रह गरेको छ ।
उनले बोक्ने मोवाइल अफ भएकोले मोवाइलबाट लोकेसन ट्रयाप गर्न समेत समस्या भएको प्रहरीले जनाएको छ । अन्तिम पटक मोबाइलको लोकेसन हेर्दा चन्द्रागिरी देखाएको थियो ।
सम्बन्धित
प्रतिक्रिया