विदुरको मेयरमा माओवादीबाट प्रभा बोगटीको नाम सिफारिस

विदुर खबर २०७८ चैत २८ गते १९:०२

नुवाकोट । नेकपा माओवादीले विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सर्वसहमत रुपमा सिफारिस गरेको छ ।

Advertisement

माओवादी केन्द्र बिदुर नगर समितिको सोमवार बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा बोगटीलाई सर्वसहमत रुपमा सिफारिस गरेको नेकपा माओवादी केन्द्रका नेता लिडर श्रेष्ठले विदुर खबरलाई जानकारी दिए ।

जिल्लामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादीले निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेका छन् । विदुर नगरपालिकामा नेपाली कांग्रेसले मेयर लिएर माओवादी केन्द्रलाई उपमेयर दिने चर्चा चलेपनि माओवादी केन्द्र भने मेयरमा बोगटीलाई सिफारिस गरेको छ ।

Advertisement

माओवादी केन्द्रको निर्णयलाई निकै चासोका साथ हेरिएको छ । माओवादी केन्द्र विदुर नगर कमिटिको सिफारिसमा परेकी बोगटी सालिन नेता पोष्टवहादुर बोगटीको छोरी हुन् ।

उनलाई पुर्व पत्रकारका साथै बौद्धिक क्षमता भएको नेताको रुपमा समेत लिन सकिन्छ । उनले आफ्ना पिताको विरासत जोगाउने समेत कतिपय चर्चा कायम गर्न थालेका छन् ।

Advertisement

प्रतिक्रिया