विदुरको मेयरमा माओवादीबाट प्रभा बोगटीको नाम सिफारिस
नुवाकोट । नेकपा माओवादीले विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सर्वसहमत रुपमा सिफारिस गरेको छ ।

माओवादी केन्द्र बिदुर नगर समितिको सोमवार बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा बोगटीलाई सर्वसहमत रुपमा सिफारिस गरेको नेकपा माओवादी केन्द्रका नेता लिडर श्रेष्ठले विदुर खबरलाई जानकारी दिए ।
जिल्लामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादीले निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेका छन् । विदुर नगरपालिकामा नेपाली कांग्रेसले मेयर लिएर माओवादी केन्द्रलाई उपमेयर दिने चर्चा चलेपनि माओवादी केन्द्र भने मेयरमा बोगटीलाई सिफारिस गरेको छ ।
माओवादी केन्द्रको निर्णयलाई निकै चासोका साथ हेरिएको छ । माओवादी केन्द्र विदुर नगर कमिटिको सिफारिसमा परेकी बोगटी सालिन नेता पोष्टवहादुर बोगटीको छोरी हुन् ।
उनलाई पुर्व पत्रकारका साथै बौद्धिक क्षमता भएको नेताको रुपमा समेत लिन सकिन्छ । उनले आफ्ना पिताको विरासत जोगाउने समेत कतिपय चर्चा कायम गर्न थालेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया