माओवादीबाट विदुर ५ को वडाध्यक्षमा न्यौपाने सर्वसहमत

विदुर खबर २०७८ चैत २७ गते २०:३०

नुवाकोट । आगामी वैशाख ३० हुने स्थानिय तहको निर्वाचन नजिकिएसँगै राजनितिक दलहरुले आफ्ना उम्मेद्धवारको टुङ्गो लगाउन थालेका छन् ।

Advertisement

जिल्लामा चुनावी माहोल बढ्दै गर्दा सबैभन्दा छिटो उम्मेद्धवारको टुङ्गो लगाउन नेकपा माओवादी केन्द्र अगाडी देखिएको छ ।

यसैक्रममा विदुर नगरपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रले वडाध्यक्षको रुपमा लिलानाथ न्यौपानेलाई सर्वसहमत रुपमा अगाडी सारेको छ ।

Advertisement

समाजसेवासँगै राजनितिमा लागेका न्यौपाने पुर्व प्रशासक समेत हुन् । २०७४ सालमा सम्पन्न भएको स्थानिय निर्वाचनमा उनी माओवादी केन्द्रको तर्फबाट विदुर नगरपालिकाको मेयरको प्रत्यासी समेत हुन् ।

सत्ता गठबन्धनका चार राजनितिक दलले नुवाकोटको सबै स्थानिय तह र ८८ वट्टै वडामा गठबन्धन गरेर अगाडी बढ्ने निर्णय गरेका छन् ।

Advertisement

२०७४ सालमा सम्पन्न भएको स्थानिय निर्वाचनमा विदुर ५ मा नेकपा माओवादीका तर्फबाट वडाध्यक्षका प्रत्यासी रामप्रसाद गजुरेलले ६ सय ४ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया