माओवादीबाट विदुर ५ को वडाध्यक्षमा न्यौपाने सर्वसहमत
नुवाकोट । आगामी वैशाख ३० हुने स्थानिय तहको निर्वाचन नजिकिएसँगै राजनितिक दलहरुले आफ्ना उम्मेद्धवारको टुङ्गो लगाउन थालेका छन् ।

जिल्लामा चुनावी माहोल बढ्दै गर्दा सबैभन्दा छिटो उम्मेद्धवारको टुङ्गो लगाउन नेकपा माओवादी केन्द्र अगाडी देखिएको छ ।
यसैक्रममा विदुर नगरपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रले वडाध्यक्षको रुपमा लिलानाथ न्यौपानेलाई सर्वसहमत रुपमा अगाडी सारेको छ ।
समाजसेवासँगै राजनितिमा लागेका न्यौपाने पुर्व प्रशासक समेत हुन् । २०७४ सालमा सम्पन्न भएको स्थानिय निर्वाचनमा उनी माओवादी केन्द्रको तर्फबाट विदुर नगरपालिकाको मेयरको प्रत्यासी समेत हुन् ।
सत्ता गठबन्धनका चार राजनितिक दलले नुवाकोटको सबै स्थानिय तह र ८८ वट्टै वडामा गठबन्धन गरेर अगाडी बढ्ने निर्णय गरेका छन् ।
२०७४ सालमा सम्पन्न भएको स्थानिय निर्वाचनमा विदुर ५ मा नेकपा माओवादीका तर्फबाट वडाध्यक्षका प्रत्यासी रामप्रसाद गजुरेलले ६ सय ४ मत प्राप्त गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा
आजको मौसम : चट्याङसहित वर्षा सम्भावना
तारकेश्वरका कृषकलाई हाते ट्र्याक्टर
देवीघाटमा श्रीराम र जानुकाकाे दुई कृति विमोचन
नुवाकोटको विदुरबाट दुई जना लागु औषधसहित पक्राउ





प्रतिक्रिया