पुनः एक लाख नाघ्यो सुनको मूल्य
विदुर खबर
२०७८ चैत २७ गते ११:३८

नुवाकोट । चैत २७ गते, आइतबार, छापावाल सुनको मूल्य पुनः एक लाख नाघेको छ। यस अघि चैत १४ गते, प्रतितोला एक लाख ५०० रुपैयाँमा कारोबार भएको, छापावाल सुन, त्यसपश्चात यस दिन १ लाख नाघेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँ रहेको छ। गत शुक्रबारको तुलनामा ८०० रुपैयाँ बढी हो। गत शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, यस दिन तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ रहेको छ।
सुनसँगै यस दिन चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदी प्रतितोला १० रुपैयाँ बढेर १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया