पुनः एक लाख नाघ्यो सुनको मूल्य
विदुर खबर
२०७८ चैत २७ गते ११:३८
नुवाकोट । चैत २७ गते, आइतबार, छापावाल सुनको मूल्य पुनः एक लाख नाघेको छ। यस अघि चैत १४ गते, प्रतितोला एक लाख ५०० रुपैयाँमा कारोबार भएको, छापावाल सुन, त्यसपश्चात यस दिन १ लाख नाघेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँ रहेको छ। गत शुक्रबारको तुलनामा ८०० रुपैयाँ बढी हो। गत शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, यस दिन तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ रहेको छ।
सुनसँगै यस दिन चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदी प्रतितोला १० रुपैयाँ बढेर १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया