आइतबार सार्वजनिक बिदा दिने निर्णय

विदुर खबर २०७८ चैत २६ गते १५:०२

नुवाकोट । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

Advertisement

गृह मन्त्रालयद्वारा जारी सूचनाअनुसार चैत २७ गते (आइतबार) रामनवमी पर्व परेकाले मुलुकभरका सार्वजनिक बिदा दिने निर्णय भएको हो।

मन्त्रिपरिषद्को गत बिहीबारकै बैठकले सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा दिन यो निर्णय गरेको मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Advertisement

गृहका तर्फबाट प्रवक्ता फणीन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गरेका हुन्।  

प्रतिक्रिया