विदुर नगरपालिकामा सत्तारुढ चार दलले गठबन्धन गर्ने निर्णय

विदुर खबर २०७८ चैत २४ गते १३:२६

नुवाकोट । आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा विदुर नगरपालिकामा सत्तारुढ दलहरुले गठबन्धन गर्ने निर्णय गरेका छन् ।

Advertisement

विहिवार नेपाली कांग्रेस विदुर नगर कमिटिको कार्यालय विदुरमा वसेको सत्तारुढ चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठकले विदुर नगरपालिकामा चुनावी गठबन्धन गर्ने निर्णय गरेको हो ।

बैठकले विदुर नगरपालिका आगामी आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको नेपाली कांग्रेस विदुर नगर कार्यसमितिका अध्यक्ष हरिलाल श्रेष्ठले जानकारी दिए ।

Advertisement

बैठकले नगरपालिकाभित्र रहेको आफ्नो संगठनको वस्तुस्थिति वारेमा अर्काे बैठकमा जानकारी दिने र संभावित उमेद्धवारको विषयमा छलफल गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा नेपाली कांग्रेस विदुर नगर कार्य समितिका सभापति हरिलाल श्रेष्ठ, सचिवद्धय अच्युत महन्त राज गिरी, सुजन गजुरेल नेकपा एकीकृत समाजवादीका केन्द्रिय परिषद सदस्य सुर्य कडेल, माओवादी केन्दका नगर इन्चार्ज रामचन्द्र पौडेल, जनता समाजवादीका नगर संयोजक राम सुर्खेती लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया