मन्त्री दीपक मनाङेले कुटे कर्मचारी

विदुर खबर २०७८ चैत २३ गते १९:३९

नुवाकोट । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कर्मचारीमाथि कुटपिट गरेका छन् ।

Advertisement

उनले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको मन्त्रालय स्रोतले बताएको छ । घटना मंगलबारको हो ।

फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका ओझालाई मन्त्री मनाङेले हातपात गरेका हुन् । ओझाले कुटपिटबारे मन्त्रालयका सचिव बद्री अधिकारी र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेललाई घटनालगत्तै जानकारी गराएका थिए ।

Advertisement

आफू हिजाेदेखि नै सुरक्षासम्बन्धी बैठकमा बागलुङमा रहेकाे र ओझाले मंगलबार नै घटनाबारे जानकारी गराएकाे भए पनि सम्पूर्ण सत्थतथ्य बुझ्न बाँकी रहेकाे सचिव अधिकारीले बताए ।

प्रतिक्रिया