ककनीमा एमालेबाट प्रमुखमा काशिराज अधिकारी उम्मेदवार
विदुर खबर
२०७८ चैत २३ गते १९:५४
नुवाकोट । ककनीमा एमालेबाट प्रमुखमा काशिराज अधिकारी र उपप्रमुखमा लजिता लामा ‘सुनिता’ सर्वसम्मत उम्मेदवार चयन भएका छन ।

बुधबार ककनी डाँडामा भएको गाउँकमिटीको बैठकले सर्वसम्मत रूपमा प्रमुखमा अधिकारी र उपप्रमुखमा लामाको नाम सिफारिस गरेको हो ।
अधिकारी नेकपा एमाले नुवाकोटका उपसचिव पनि हुन । अधिकारी २०५४ सालमा थानसिङ गाविसको अध्यक्षमा विजयी भएका थिए ।
पेशले लेखापरीक्षक रहेका अधिकारी ककनीमै कृषि कर्ममा पनि सक्रिय छन । लामा यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा पनि उपप्रमुखमा एमालेकै तर्फबाट उम्मेदवार रहेकी थिइन ।
वडाहरूको उम्मेदवार पनि करिब सर्वसम्मत नै भएको एमाले ककनीका नेताले बताएका छन । गाउँपालिका कमिटीले नै सर्वसम्मत उम्मेदवार सिफारिस गरेपछि जिल्ला वा प्रदेश कमिटीले त्यही निर्णय अनुमोदन गर्नेछ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया