ककनीमा एमालेबाट प्रमुखमा काशिराज अधिकारी उम्मेदवार
विदुर खबर
२०७८ चैत २३ गते १९:५४

नुवाकोट । ककनीमा एमालेबाट प्रमुखमा काशिराज अधिकारी र उपप्रमुखमा लजिता लामा ‘सुनिता’ सर्वसम्मत उम्मेदवार चयन भएका छन ।

बुधबार ककनी डाँडामा भएको गाउँकमिटीको बैठकले सर्वसम्मत रूपमा प्रमुखमा अधिकारी र उपप्रमुखमा लामाको नाम सिफारिस गरेको हो ।
अधिकारी नेकपा एमाले नुवाकोटका उपसचिव पनि हुन । अधिकारी २०५४ सालमा थानसिङ गाविसको अध्यक्षमा विजयी भएका थिए ।
पेशले लेखापरीक्षक रहेका अधिकारी ककनीमै कृषि कर्ममा पनि सक्रिय छन । लामा यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा पनि उपप्रमुखमा एमालेकै तर्फबाट उम्मेदवार रहेकी थिइन ।
वडाहरूको उम्मेदवार पनि करिब सर्वसम्मत नै भएको एमाले ककनीका नेताले बताएका छन । गाउँपालिका कमिटीले नै सर्वसम्मत उम्मेदवार सिफारिस गरेपछि जिल्ला वा प्रदेश कमिटीले त्यही निर्णय अनुमोदन गर्नेछ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया