विदुरका एकल महिलालाई उन्नत जातको बाख्रा

नुवाकोट । विदुर नगरपालिका भित्र निम्न आय स्तर भएका एकल महिलाहरुलाई उन्नत जातको वाख्राको पाठी वितरण गरिएको छ ।

विदुर नगरपालिकाको सहयोगमा मानव अधिकारको लागि महिला एकल महिला सस्थाको आयोजनामा भएको एक कार्यक्रमको बिच बाख्राको पाठी वितरण गरिएको हो ।
गरिविको रेखा मुनि रहेका एकल महिलाहरुको आर्थिक स्थिति सुधार गर्ने उदेस्यको साथ ४ देखि ६ महिनासम्मका पाठीहरु वितरण गरिएको मानव अधिकारको लागि महिला एकल महिला सस्था नुवाकोटका कोषाध्यक्ष शान्ति प्रधानले जानकारी दिइन् । उनका अनुसार नगरभित्रको १३ वटै वडाका एकएक जना छनौट गरेर वाख्राको पाठी वितरण गरिएको हो ।
विदुर नगरपालिका वडा नम्बर ६ चैनपुरमा राजाराम अर्यालले सञ्चालन गर्दै आइरहेको जालपा कृषि तथा वाख्रा फर्मबाट खरिद गरिएको बाख्राका पाठीहरु वितरण गरिएको हो ।
नगरपालिकाभित्र रहेका एकल महिलाहरुलाई सहभागी गराई एक दिने क्षमता अभिवृद्धि तालिम समेत प्रदान गरिएको छ ।
कार्यक्रममा विदुर नगरपालिकाका उपमेयर गीता दाहालले एकल महिलाहरुको आर्थिक तथा सामाजिक स्थितिमा सुधार गर्नलाई नगरपालिका सँगसँगै रहेको बताइन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया