विदुरका एकल महिलालाई उन्नत जातको बाख्रा
नुवाकोट । विदुर नगरपालिका भित्र निम्न आय स्तर भएका एकल महिलाहरुलाई उन्नत जातको वाख्राको पाठी वितरण गरिएको छ ।

विदुर नगरपालिकाको सहयोगमा मानव अधिकारको लागि महिला एकल महिला सस्थाको आयोजनामा भएको एक कार्यक्रमको बिच बाख्राको पाठी वितरण गरिएको हो ।
गरिविको रेखा मुनि रहेका एकल महिलाहरुको आर्थिक स्थिति सुधार गर्ने उदेस्यको साथ ४ देखि ६ महिनासम्मका पाठीहरु वितरण गरिएको मानव अधिकारको लागि महिला एकल महिला सस्था नुवाकोटका कोषाध्यक्ष शान्ति प्रधानले जानकारी दिइन् । उनका अनुसार नगरभित्रको १३ वटै वडाका एकएक जना छनौट गरेर वाख्राको पाठी वितरण गरिएको हो ।
विदुर नगरपालिका वडा नम्बर ६ चैनपुरमा राजाराम अर्यालले सञ्चालन गर्दै आइरहेको जालपा कृषि तथा वाख्रा फर्मबाट खरिद गरिएको बाख्राका पाठीहरु वितरण गरिएको हो ।
नगरपालिकाभित्र रहेका एकल महिलाहरुलाई सहभागी गराई एक दिने क्षमता अभिवृद्धि तालिम समेत प्रदान गरिएको छ ।
कार्यक्रममा विदुर नगरपालिकाका उपमेयर गीता दाहालले एकल महिलाहरुको आर्थिक तथा सामाजिक स्थितिमा सुधार गर्नलाई नगरपालिका सँगसँगै रहेको बताइन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया