मतदाता नामावलीको विवरण लिँदा शुल्क लाग्ने
नुवाकोट । निर्वाचन आयोगले राजनीतिक दल तथा स्थानीय तहका उम्मेदवारहरूलाई मतदाता नामावली विवरण सशुल्क उपलब्ध गराउने भएको छ ।

सोमबार निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले शुल्क बुझाएर राजनीतिक दलहरूले मतदाता नामावली विवरण आयोगबाट लिन पाउने व्यवस्था गरिएको जानकारी दिए । त्यसका लागि ७ हजार रुपैयाँ सम्मको शुल्क तोकिएको छ ।
आयोगले देशभर‚प्रदेश‚ जिल्ला‚ पालिका र वडा स्तरमा लाग्ने मतदाता नामावलीको शुल्क क्रमशः ७ हजार‚ ५ हजार‚ ३ हजार‚ १ हजार र ५ सय रुपैयाँ निर्धारण गरेको जानकारी दिएको छ ।
केन्द्रबाट राजनीतिक दलको आधिकारिक पत्रको आधारमा ७ हजार तिरेर देशभरिको र ५ हजार तिरेर प्रदेशको उपलब्ध गराउन सकिन्छ भने जिल्लाबाट सम्बन्धित दलको पत्र वा उम्मेदवारको पत्रकार आधारमा जिल्लाभरिको ३ हजार पालिकाको १ हजार र वडाको आवश्यक भएमा ५ रुपैयाँ लिएर सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावलीको विद्युतीय कपी उपलब्ध गराउन सक्छ,ु पौडेलले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया