ललितपुर महानगर हत्याउनेमा एमाले ढुक्क

विदुर खबर २०७८ चैत २२ गते ७:२५

नुवाकोट । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ३ सयको झीनो मतान्तरले पराजित भएका एमाले केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार यसपटकको निर्वाचनमा एमालेको तर्फबाट मेयरमा उठ्ने पक्का हुनुभएको छ ।

Advertisement

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बनेका व्यञ्जनकारले योपटकको मेयर पदमा आफ्नो उम्मेदवारी अन्तिम पटक भएको घोषणासमेत गर्नुभएको छ । आफूले गएको निर्वाचनमा प्रतिबद्धता जनाएअनुसार कार्ययोजना बनाएर अघि बढ्ने उहाँले बताउनुभयो ।

पहिलो त हामीले विगतमा विभिन्न पार्टीमा गएकालाई एमालेमा ल्याउने अभियान चलाएका छौं । त्यसपछि उहाँहरुकै साथ र सहयोगमा निर्वाचनमा जित्ने प्रण गरेका छौं । –मेयरका उम्मेदवार ब्यञ्जनकारको भनाइ छ ।

Advertisement

उहाँका अनुसार ललितपुर महानगरपालिकामा नेकपा एमाले प्रवेश गर्नेहरुमा सबैभन्दा बढी संख्या वडा नं ९ मा छ । त्यस वडाबाट ५ सयभन्दा बढी प्रवेश गरेका छन् । यसै गरी, वडा नं १ मा करिब ५५ जना, वडा २ मा ५० जना, वडा ३ मा ७० जना, वडा ४ मा ३ दर्जन, वडा ५ मा करिब ४० जना, वडा ६ मा १ सय जनाभन्दा बढी एमाले प्रवेश गरेका पार्टी अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिनुभयो । ‘पार्टीमा प्रवेश गरेको आँकडा हेर्दा महानगरमा एमालेका सबै जनप्रतिनिधिको जित सुनिश्चित भइसकेको छ ।’ –उहाँले भन्नुभयो ।

त्यस्तै, वडा नं. ७ मा करिब १ सय ५० जना, वडा ८ मा २ सय ५० जना, वडा १० मा ६५ जना, वडा ११ मा २ सय ५० जनाभन्दा बढी, वडा १२ मा २ सय जना, वडा १३ मा १ सय, वडा १४ मा ३ सयभन्दा बढी पार्टी प्रवेश गरेका छन् । वडा १५ मा २ सय ५० जना, वडा १६ मा ९० जना, वडा १७ मा २ सय जनाभन्दा बढी एमाले प्रवेश गरिसकेका छन् ।

Advertisement

महानगरकै वडा नं १८ मा १ सय २० जना, वडा १९ मा ३ सय ५० जना, वडा २० मा १ सय १० जना, वडा २१ मा १ सय ५० जना, वडा २२ मा ६० जना, २३ र २४ गरी १ सय ३० जना, वडा २५ मा ५ दर्जन, वडा २६ मा ५५ जना, वडा २७ मा ४० जना, वडा २८ मा ५० जना र वडा २९ मा ५० जनाभन्दा बढी प्रवेश गरिसकेका छन् ।

२९ वटा वडा रहेको महानगरपालिकामा अन्य पार्टीमा आबद्ध नेता, कार्यकर्ता र शुभचिन्तकहरु एमाले प्रवेश गर्न तयारी रहेको ललितपुर एमाले अध्यक्ष अचार्यका दाबी छ । गत २०७४ सालमा भएको स्थानीय निर्वाचनमा आफूले भोग्नुपरेको पराजयले महानगरभित्र बेथिति मौलाएको उहाँको तर्क छ ।

प्रतिक्रिया