१ लाख म्यादी प्रहरी माग्दा ३ लाखले दिए आवेदन
विदुर खबर
२०७८ चैत १३ गते १६:१७

नुवाकोट । आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न २ लाख ९३ हजार २ सय १६ जनाले आवेदन दिएका छन् ।

७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत दर्खास्त मागिएकाभन्दा दोब्बर बढीले आवेदन दिएका हुन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालले एक लाख म्यादी प्रहरीका लागि ६ देखि ११ चैतसम्म दर्खास्त दिन आह्वान गरेको थियो । यो अवधिमा झन्डै तीन लाख जनाले आवेदन दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया