विदुर १३ मा कांग्रेसको घरघर जाऔं कांग्रेस जिताऊ अभियान जारी

विदुर खबर २०७८ चैत १२ गते २२:२४

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर १३ हर्कपुरमा नेपाली कांग्रेसको घरघर जाऔं कांग्रेस जिताऊ अभियान जारी छ ।

Advertisement

अभियानको क्रममा वडा नम्बर १३ मा १४ ओटा वडा कमिटि गठन गरिसकिएको नेपाली कांग्रेसको वडा नम्बर १३ मा खटिएका प्रतिनिधि वसन्तजंग ठक्रीले जानकारी दिए ।

अभियानको क्रममा शनिवार चामभञ्याङमा चामभञ्याङमा हरिराम भण्डारीको नेतृत्वमा टोल कमिटि गठन गरिएको छ ।

Advertisement

कमिटिको उप–सभापतिमा हरि प्रसाद प्याकुरेल, सचिवमा देवेन्द्र नेपाली, सह– सचिवमा पवन कोइराला र कोषाध्यक्षमा ज्ञानु सुनार चयन भएको विदुर १३ का लागि जिल्ला प्रतिनिधि खटिएका तारावहादुर कार्कीले जानकारी दिए ।

यस्तै कमिटिको सदस्यहरुमा यादव भट्ट, रामशरण सुनार, श्रीकृष्ण भुजेल, तारा विक, इन्दिरा ढकाल, गोपाल रिजाल, हरि कोइराला, लक्ष्मी ओझा, नविन भट्ट र कृष्ण घिमिरे रहेका छन् । यस्तै कमिटिको सल्लाहकारहरुमा टिका प्याकुरेल,अर्जुन कोइराला र कमला दर्जी रहेका छन् ।

Advertisement

अभियानको क्रममा मतदाताले अबको निकास नेपाली कांग्रेसले मात्र दिन सक्ने धारणा व्यक्त गरेको जिल्ला प्रतिनिधि ठकुरीले जानकारी दिए ।

कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष दलवहादुर तामाङ, जिल्ला प्रतिनिधि तारावहादुर कार्की लगायतले अबको विकास र निकास केवल कांग्रेसले मात्र गर्न सक्ने भन्दै सबैले नेपाली कांग्रेसलाई बहुमत दिलाएर विजयी गराउन आग्रह गरेका थिए ।

अभियानमा कांग्रेसको महिला संघ, नेविसंघ र तरुण दलका नेता तथा कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया