देउवाको प्रश्न – ‘एमाले/माओवादी मिलिदिए के गर्ने ?
		
	नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्वाचनमा मिलिदिए के गर्ने रु भनेर प्रश्न गरेका छन् ।

पाँच दलीय गठबन्धन कायमै गरेर जानु पर्ने अडान राख्दै आएको बेला पार्टी भित्रबाटै गठबन्धन नगर्न दबाब बढीरहेको बेला सभापति देउवाले गठबन्धनका विपक्षीहरूलाई यस्तो प्रश्न गरेका हुन् ।
बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औँ बार्षिक साधारण सभालाई शनिवार सम्बोधन गर्दै उनले सभापतिको जिम्मेवारी सबै नेतालाई जिताउनु पर्ने भएकाले सो जिम्मेवारी बहन गर्न गठबन्धन गर्न खोजेको बताए ।
‘पार्टी सभापतिको हैसियत त पार्टीले जितोस, नेताहरू सबैले जितुन भन्ने नै रहन्छ, त्यसका लागि जे पनि लागि पर्ने हुन जान्छ,’ देउवाले भने, ‘निर्वाचनमा एमाले र माओवादी फेरि मिलेर चुनावमा गए भने के हुन्छ ? फेरि पार्टीलाई हराउने ?’ विगतमा कांग्रेस पार्टीले पराजय भोग्नु परेको उल्लेख गर्दै देउवाले पार्टी र पार्टीका नेतालाई जिताउनका लागि आफूले गठबन्धन गर्न खोजेको तर्क गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 













बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा
प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक काफ्ले
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ





प्रतिक्रिया