पाँच वर्ष राप्रपाले सरकार चलाएमा देशमा कायापलट गर्छाै : डा लोहनी
नुवाकोट । रााष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व अध्यक्ष प्रकाशचन्द्र लोहनीले पाँच वर्ष राप्रपाले सरकार चलाउन पाएमा देशमा कायापलट हुने बताएका छन् ।

शुक्रवार नुवाकोटको विदुरमा रााष्ट्रिय प्रजातन्त्र पार्टी विदुर नगर कमिटिद्धारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा. लोहनीले सो कुरा बताएका हुन् ।
डा. लोहनीले सरकारमा पुगेर त्यसको दुरुपयोग आफुहरुबाट कहिल्यै नहुने भन्दै सबै राजनितिक दलसहित आफुहरुको पनि सम्पत्ति छानविन गरे आफुहरु तयार रहेको बताए ।
उनले पछिल्लो समय राप्रपाप्रति आम जनताको चासो बढेकोले राप्रपा आउने स्थानिय तहमा वलियो बनेर आउने बताए । डा. लोहनीले आगामी स्थानिय तहको निर्वाचनमा राप्रपाले विदुर नगरपालिका कब्जा गर्ने बताएका छन् । उनले देशका अन्य राजनितिक दलहरुप्रति जनतामा नैरास्यता पैदा भएको भन्दै राप्रपाले विदुरमा सानदार जित हात पार्ने बताए ।
फरक प्रसंगमा डा. लोहनीले नुवाकोटका जनप्रतिनिधिले जनताको काम गर्न नसकेको भन्दै जनप्रतिनिधि स्रोत साधनको दुररुपयो मात्र भएको बताए । जनताले नयाँ शक्तिलाई मात्र मतदान गर्ने भएकोले देशमा त्यो शक्ति राप्रपा मात्र भएको बताए ।

कार्यक्रममा राप्रपाका नेताहरु झनक प्याकुुरेल, दिपक राई , राजु लोहनी लगायतले राप्रपालाई चुनावमा जिताउँन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला





प्रतिक्रिया