पाँच वर्ष राप्रपाले सरकार चलाएमा देशमा कायापलट गर्छाै : डा लोहनी

विदुर खबर २०७८ चैत ११ गते १७:०२

नुवाकोट । रााष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व अध्यक्ष प्रकाशचन्द्र लोहनीले पाँच वर्ष राप्रपाले सरकार चलाउन पाएमा देशमा कायापलट हुने बताएका छन् ।

Advertisement

शुक्रवार नुवाकोटको विदुरमा रााष्ट्रिय प्रजातन्त्र पार्टी विदुर नगर कमिटिद्धारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा. लोहनीले सो कुरा बताएका हुन् ।

डा. लोहनीले सरकारमा पुगेर त्यसको दुरुपयोग आफुहरुबाट कहिल्यै नहुने भन्दै सबै राजनितिक दलसहित आफुहरुको पनि सम्पत्ति छानविन गरे आफुहरु तयार रहेको बताए ।

Advertisement

उनले पछिल्लो समय राप्रपाप्रति आम जनताको चासो बढेकोले राप्रपा आउने स्थानिय तहमा वलियो बनेर आउने बताए । डा. लोहनीले आगामी स्थानिय तहको निर्वाचनमा राप्रपाले विदुर नगरपालिका कब्जा गर्ने बताएका छन् । उनले देशका अन्य राजनितिक दलहरुप्रति जनतामा नैरास्यता पैदा भएको भन्दै राप्रपाले विदुरमा सानदार जित हात पार्ने बताए ।

फरक प्रसंगमा डा. लोहनीले नुवाकोटका जनप्रतिनिधिले जनताको काम गर्न नसकेको भन्दै जनप्रतिनिधि स्रोत साधनको दुररुपयो मात्र भएको बताए । जनताले नयाँ शक्तिलाई मात्र मतदान गर्ने भएकोले देशमा त्यो शक्ति राप्रपा मात्र भएको बताए ।

Advertisement

कार्यक्रममा राप्रपाका नेताहरु झनक प्याकुुरेल, दिपक राई , राजु लोहनी लगायतले राप्रपालाई चुनावमा जिताउँन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया